काठमाडौं । वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौंका नायब सुब्बा हेमबहादुर मस्राङ्गीविरुद्ध सेवाग्राहीसँग घुस/रिसवत लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले दिएको जानकारीअनुसार मस्राङ्गीले वैदेशिक रोजगारसम्बन्धी मुद्दा प्रक्रियामा सहजीकरण गर्ने, मिलापत्र गराउने तथा मुद्दा नचल्ने निर्णय गराइदिने बहानामा सेवाग्राहीसँग घुस माग गरेका थिए।
उजुरीका आधारमा अख्तियारको टोलीले उनलाई सेवाग्राहीसँग रु. १५,००० (पन्ध्र हजार रुपैयाँ) घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अनुसन्धानबाट उनीमाथि मुद्दा मिलाउने, तारेखबाट उन्मुक्ति दिलाउने तथा कारबाही टुंग्याउने जस्ता विषयमा सहजीकरण गर्ने आश्वासन दिँदै घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ।
प्रमाणसहितको अनुसन्धानपछि उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसार कसुरदार ठहर गर्दै बिगो बराबर रु. १५,००० कायम गरी सोही ऐनअनुसार कैद तथा जरिवानाको मागदाबी सहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार मुद्दा कानुनी प्रक्रियाअनुसार अघि बढाइएको छ।








राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र