भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले करसम्बन्धी सेवा स्थानीय स्तरबाटै सञ्चालन गर्ने तयारी गरेको छ । सेवाग्राहीलाई सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यसहित गाउँपालिकाले आन्तरिक राजस्व कार्यालय धरानसँग सम्झौता गरेको हो ।
जिल्ला करदाता सेवा कार्यालय हटाइएपछि स्थानीयवासीलाई करसम्बन्धी सेवामा समस्या भएको भन्दै गाउँपालिकाले पहल अघि बढाएको प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रमुख प्रशासकीय अधिकृत निरौला र आन्तरिक राजस्व कार्यालय धरानका प्रमुख कर अधिकृत मौसम ढुङ्गेलबीच शुक्रबार समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
सम्झौताअनुसार अब गाउँपालिकाबाट व्यक्तिगत तथा व्यवसायिक स्थायी लेखा नम्बर (प्यान) वितरण, व्यवसाय दर्ता, स्थानीय तह क्षेत्रभित्र अन्तःशुल्क इजाजतपत्र तथा नवीकरण लगायतका करसम्बन्धी सेवाहरू उपलब्ध हुनेछन् ।
जिल्ला सदरमुकामस्थित करदाता सेवा कार्यालय खारेज भएपछि उत्पन्न सेवा अभावलाई पूर्ति गर्न यो व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । उहाँले हतुवागढीका सेवाग्राहीलाई लक्षित गरी स्थानीय तहबाटै सेवा प्रवाह गर्ने पहल सफलताउन्मुख भएको उल्लेख गर्नुभयो ।
यसअघि नै जिल्लाको पौवादुङमा गाउँपालिकाले पनि करसम्बन्धी सेवा स्थानीय तहबाटै सुरु गरिसकेको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र