काठमाडौं । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अलोकतान्त्रिक र तानाशाही प्रवृत्तितर्फ उन्मुख हुँदै गएको टिप्पणी गर्नुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा औपचारिक रूपमा प्रवेश गर्दै उहाँले पुराना तथा नयाँ दुवै दलभित्र लोकतान्त्रिक अभ्यास कमजोर बन्दै गएको आरोप लगाउनुभयो ।
किराँतीले सरकारले न्यायालयमाथि हस्तक्षेप गरिरहेको दाबी गर्दै राजनीतिक दलहरू क्रमशः “धार्मिक संस्था जस्तो” बन्दै गएको र नेताहरूको “देवत्वकरण” बढिरहेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँका अनुसार राजनीतिक नेतृत्व विचौलियाको प्रभावमा फस्दै गएको छ ।
उहाँले आफूले नेकपा (माओवादी केन्द्र) छोड्नुको कारण आन्तरिक लोकतन्त्रको अभाव र नेतृत्व शैली रहेको उल्लेख गर्दै पार्टीभित्र आफ्ना विचार राख्न समेत अवसर नपाएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सरकार नाजीवादको घोडामा चढेर हिँडिरहेको छ। तर इतिहासमा नाजीवाद र फासीवाद असफल भइसकेका छन् भन्ने कुरा सम्झिनुपर्छ। मैले पार्टी छोड्दा दुई मिनेट बोल्न पनि दिइएन, त्यस्तो अवस्थामा हामी थियौँ।”
किराँतीले अबको राजनीति “प्रकृति, संस्कृति र प्रविधि” को समायोजनमा आधारित हुनुपर्ने बताउँदै श्रम संस्कृति पार्टीले सोही विचारधारालाई अघि बढाउने स्पष्ट पार्नुभयो । साथै, पुँजी विकास बिना देश समृद्ध नहुने उल्लेख गर्दै नयाँ राजनीतिक यात्रालाई वैकल्पिक अभियानका रूपमा अघि बढाइने संकेत गर्नुभयो ।
राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र