काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारले सुकुम्बासी बस्तीमाथि बर्बरतापूर्वक हमला गरेको भन्दै त्यसको प्रतिवादमा उत्रिन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
शुक्रवार सानेपास्थित पार्टी मुख्यालयमा आयोजित ‘नेपालमा भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोवासीको अवस्थाः डोजर आतंक र सुकुम्वासी पीडा’ विषयक कार्यक्रममा बोल्दै उहाँले सो निर्देशन दिनुभएको हो । सभापति थापाले पार्टीका संघीय तथा प्रदेश तथा स्थानीय सरकारमा रहेकाहरुलाई सरकारको सो बर्बरताको विरुद्ध प्रतिवाद गर्न सचेत गराउनु भयो । उहाँले सरकारले सुकु्म्बासी बस्तीमा बर्बरता देखाएर पनि कम्फरटेबल फिल गरिरहेको भन्दै यस्तो शासक आफूले यसअघि नदेखेको दाबी समेत गर्नुभयो । सभापति थापाले सरकारले बल प्रयोग गर्दा नागरिकलाई पीडालाई समेत बेवास्ता गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो,‘अहिले सत्तामा बसिरहनुभएका साथीहरुको जुन क्रुरता छ नि । जुन बर्बरता छ । यो क्रुरता र बर्बरता पछाडि पनि कम्फटेवल फिल गर्ने कुरा मैले चाँही विगतमा देखेको छैन । यो खालको क्रुरता, बर्बरता मैले अहिलेसम्म देखेको छैन । स्टेट चलाउँदाखेरी मैले जति क्रुर भएपनि हुन्छ, बर्वर भएपनि हुन्छ भन्ने कुरा चाँही राज्य चलाउँदै गर्दा मसँग करुणा हुनुपर्छ । मैले न्याय गर्नुपर्छ, मैले विवेक पुर्याउनु पर्दछ । कानून प्रयोग गर्दाखेरी बल पनि प्रयोग गर्नु पर्छ । तर मैले बल प्रयोग गर्दा मेरो यो अन्तिम हतियार हो । मैले बल प्रयोग गर्दा पनि नागरिकको सबै कुरा हेर्नुपर्छ । यस सन्दर्भमा राज्य सञ्चालन गर्नेहरुको सोचले पनि निर्धारण गर्छ । यो यसको पनि उपज हो । यस विषयमा मेरो केही कुरा छ । एउटा कुरा अहिले नेपाली काँग्रेस संघमा प्रतिपक्षमा छौ । प्रतिपक्ष भएको हुनाले यो संघको संसदमा तपाईहरुले यो विषयलाई संसदमा उठाउने यो विषयको बारेमा तथ्य, प्रमाणसहित प्रश्तुत हुने किनकी यसलाई एकदमै गलत ढंगले सुसूचित गरिएको छ । यस्तो बनाइएको छ कि नयाँ पुस्ताका मानिसहरुलाई सबै अपराधी हुन । सबै जना जग्गा कब्जा गरेर बसेका हुन भन्ने खालको भाष्य बनाउन खोजिएको छ । यसलाई चिर्ने काम हाम्रो हो । यसमा तपाईहरुले तथ्य, प्रमाण राखेर पार्लियामेन्टमा बोल्नु पर्छ । म तपाईसँग यो कुराको अपेक्षा गर्दछु ।’
सभापति थापाले सुकुम्बासीको पक्षमा काम गर्नुपर्नेतर्फ केन्द्रित हुन काँग्रेसले नेतृत्व गरिरहेका प्रदेश र स्थानीय सरकारलाई पनि सचेत गराउनु भयो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र