चितवन । महिला तथा बालबालिकाको अधिकारका क्षेत्रमा विगत चार दशकदेखि निरन्तर सक्रिय रहँदै आएकी मीना कुमारी खरेल नेपाल महिला संघको केन्द्रीय अध्यक्षमा नियुक्त भएकी छन्।
सामाजिक न्याय, महिला सशक्तीकरण र बालअधिकारको पक्षमा लामो समयदेखि आवाज उठाउँदै आएकी खरेलको नियुक्तिलाई महिला आन्दोलनको सम्मानका रूपमा हेरिएको छ। चितवनमा महिला हिंसा, बाल संरक्षण, शिक्षा तथा सामाजिक चेतनासम्बन्धी विभिन्न अभियानमा उनले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकी छन्।
खरेल २०८२ फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर–२ बाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी थिइन्। उक्त निर्वाचनमा उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सँग कडा प्रतिस्पर्धा गरेकी थिइन्।
सामाजिक अभियानदेखि राष्ट्रिय राजनीतिसम्म सक्रिय भूमिका निर्वाह गर्दै आएकी खरेललाई महिला अधिकार, सामाजिक न्याय र संगठन निर्माणमा दृढ आवाजका रूपमा चिनिन्छ।
नेपाल महिला संघको नेतृत्वमा खरेलको आगमनसँगै संगठनलाई थप सक्रिय, सशक्त र जनमुखी बनाउने अपेक्षा गरिएको छ। विशेषगरी महिला अधिकार, समान सहभागिता र सामाजिक रूपान्तरणका मुद्दालाई उनले थप प्रभावकारी रूपमा उठाउने विश्वास गरिएको छ।
उनको नियुक्तिपछि चितवनसहित विभिन्न जिल्लाका महिला अधिकारकर्मी, सामाजिक अभियन्ता तथा कांग्रेस नेताहरूले शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमा समेत उनको नियुक्तिलाई “संघर्षको सम्मान” भन्दै व्यापक प्रशंसा भइरहेको छ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र