काठमाडाैं । नेपाली लोकदोहोरी संगीत क्षेत्रमा मौलिकता र मनोरञ्जनको नयाँ स्वाद लिएर लोकगीत ‘लौका घिरौंला’ सार्वजनिक भएको छ । युवा निर्देशक सुरज खनालको कथा तथा निर्देशनमा तयार गरिएको यस गीतले सार्वजनिक भएलगत्तै दर्शकमाझ सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ ।
लोकगायक बिरु घर्तीमगर र गायिका सुनिता बुढा क्षेत्रीको स्वर रहेको गीतका शब्द तथा संगीत सर्जक खुमराज घिमिरेले तयार गर्नुभएको हो । लोकभाकाको मिठास, ग्रामीण जीवनशैलीको झल्को र रमाइलो भाव प्रस्तुत गरिएको छ गीतमा ।
गीतको भिडियोमा कलाकार मुकुन्द भट्ट (मुकु) र जुना कार्कीको अभिनय देख्न सकिन्छ । गाउँघरको मौलिक परिवेश, हास्यरस मिश्रित कथावस्तु तथा मनोरञ्जनात्मक प्रस्तुतिका कारण भिडियो अझ रोचक बनेको छ ।
गीतको कोरियोग्राफी नवीन पौडेलले गर्नुभएको हो भने सम्पादन विनोद बम र छायांकन शिव विकेले गर्नुभएको छ । भिडियोको पोष्ट–प्रोडक्सन कार्य सेन्सा फिल्मस्ले गरेको हो ।
गीतको भिडियो खुमराज घिमिरेको अफिसियल युट्युब च्यालनमार्फत सार्वजनिक गरिएको छ । गीतले छोटो समयमै दर्शकको माया पाइरहेको निर्माण टिमले जनाएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र