‘नसुनिने आवाज’ विमुन्स पौडेलको कविताकृति हो । डिएमआई साइजमा प्रकाशित पुस्तकको प्रकाशक शारदादेवी पौडेल रहेको पाइन्छ र सर्वाधिकार कृतिकारमै छ । विमुन्स पौडेल उहाँको साहित्यिक नाम र यथार्थ नाम मीना पौडेल रहेको यस पुस्तकबाट थाहा हुन्छ । पुस्तकको प्रकाशन २०८२ सालमा पहिलो संस्करणका रूपमा भएको देखिन्छ भने १००० प्रति छापिएको पाइन्छ । खड्गप्रसाद खनालको ले-आउट, अमित घिमिरे अमूर्तको आवरण रहेको पुस्तकको कम्प्युटर कवयित्री आफैँले गरेको पाइन्छ भने यसको मुद्रण अलाइन्स प्रिन्टर्स एण्ड मिडिया हाउस प्रा.लि.बाट भएको छ । आवरणमा अमूर्त कला छ । सेतो र कालो पृष्ठभूमिमा केही मानिसले बेसरी चिच्याएको जस्तो देखिन्छ ।
कवयित्री पौडेलमा धेरै छन्दको राम्रो ज्ञान भएको कुरा थाहा हुन्छ । कवयित्रीले कविता सङ्ग्रहमा राष्ट्र, राष्ट्रियता, प्रकृति, अग्रजप्रतिको सम्मान, ऋतुवर्णन, प्रेम, असफलता, गरिबी, पारिवारिक जिम्मेवारी, शान्तिको चाहना, मानवता, जीवन र जगतको चित्रण, कर्मशीलता, क्रान्ति आदिलाई विषय बनाएर कविता रचना गर्नुभएको छ । छन्द पारखीहरूका लागि कवि विमुन्स पौडेलको कविता कृति अत्यन्त पठनीय र सङ्ग्रहणीय छ ।
पुस्तकको शीर्षकसँग सामन्जस्य राख्ने खालको कलाका रूपमा यो रहेको पाइन्छ । माथि पुस्तकको शीर्षक ठूला अक्षरमा राखिएको र त्यसमुनि साना अक्षरमा कवयित्रीको नाम छ । पृष्ठावरणमा यही आवरण सानो गरेर राखिएको छ र तल कवयित्रीको फोटो छ । यस पृष्ठमा कवयित्रीको सङ्क्षिप्त परिचय दिइएको छ । भूमिका खण्डमा सुरुमा कवयित्रीको ‘मेरो भन्नु’ रहेको छ भने त्यसपछि प्रा.पुरुषोत्तम दाहालको ‘विमुन्सको कविता रस : आस्वादनपछि केही शब्द’ रहेको पाइन्छ । उहाँको यस लामो भनाइपछि अनुक्रमणिका अर्थात् कविताक्रम वा विषयसूची छ । यस सङ्ग्रहमा उहाँका ९१ वटा कथा छन् ।
यो छन्द कविता अर्थात् पद्य कवितासङ्ग्रह हो । प्रत्येक कवितासँगै कवयित्रीले कविता कुन छन्दमा लेखिएको छ भनेर पनि जनाउ दिनुभएको छ । जसले गर्दा छन्दमर्मज्ञहरूका लागि सहज बन्नपुगेको देखिन्छ । पुस्तकमा सेतो तौलयुक्त कागज प्रयोग भएको छ । छपाइ स्तरीय छ । अशुद्धिहरू कमै फेला पर्छन् । प्रसिद्ध कवि मुकुन्दशरण उपाध्यायकी भतिजी भएका नाताले विमुन्स पौडेलले पनि यस कृतिमा विभक्तिहरू जोड्नुभएको छैन । यो आमप्रचलनभन्दा फरक छ । पुस्तकको भूमिकाखण्डमा २० र पाठ्यखण्डमा १०२ गरी जम्मा १२२ पृष्ठ छन् । पुस्तकको मूल्य नेपालीमा ४५० र भारु ३०० रुपैयाँ तथा युएस डलर १२ राखिएको छ ।
यस पुस्तकमा रहेका ९१ कवितामध्ये अधिकांश कविताहरूका शीर्षक छोटाछोटा छन् र कविताको फैलावट छोटोछोटो रहेको । पौडेलका कविता एक पृष्ठदेखि तीन पृष्ठसम्मको फैलावटमा छन् । प्रायः कविता एकै पृष्ठमा छन् र ती कविताहरू ५-६ अन्तराका भएको पाइन्छ । उहाँले यस सङ्ग्र्रहमा शार्दुलविक्रिडित, शिखरिणी, मन्दाक्रान्ता, द्रुता, पञ्चचामर, स्रग्विणी, उपजाति, सारवती, चण्डी, अनुष्टुप, तोटक, उपेन्द्रवज्रा, मालिनी, इन्द्रवज्रा, भुजङ्गप्रयात, प्रमाणिका, कनकमञ्जरी, जगती, सेलो, महालक्ष्मी, मालिका, बालोरी, मत्ता, रुक्मवती, द्रुतविलम्बित, शशिवदना, तिलका, दिक्पाल रथोद्धता, वंशस्थ, इन्दिरा, विद्युन्माला, विजया, विभूति, अनवसिता, वसन्ततिलका, वृत्तरत्नाकर, दोधक, प्रियम्वदा, चञ्चला, महाब्दी छन्दहरूको प्रयोग गर्नुभएको छ ।
यसबाट कवयित्री पौडेलमा धेरै छन्दको राम्रो ज्ञान भएको कुरा थाहा हुन्छ । कवयित्रीले यस कविता सङ्ग्रहमा राष्ट्र, राष्ट्रियता, प्रकृति, अग्रजप्रतिको सम्मान, ऋतुवर्णन, प्रेम, असफलता, गरिबी, पारिवारिक जिम्मेवारी, शान्तिको चाहना, मानवता, जीवन र जगतको चित्रण, कर्मशीलता, क्रान्ति आदिलाई विषय बनाएर कविता रचना गर्नुभएको छ । छन्द पारखीका लागि कवि विमुन्स पौडेलको यो कविताकृति अत्यन्त पठनीय र सङ्ग्रहणीय छ । कृतिका लागि कवयित्रीलाई धेरै धेरै बधाई तथा कृतिको सफलताको कामना । यसका साथै उहाँबाट यस्ता कृतिहरू अरू पनि आइरहून्, अग्रिम शुभकामना ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…