पाल्पा । जिल्लाको रामपुरका ग्रामीण भेकका एकल महिलाहरुलाई बोल्ने क्षमताको विकास गर्न भाषाण कला सम्बन्धी सिकाइ सिकाइएको छ । अधिकांस महिलाहरू कुनै पनि समारोहमा पुगेर बोल्न हिच्किचाउने हुँदा उक्त समस्या समाधान गर्नका लागि भाषण कला सिकाइएको हो ।
सार्वजनिक स्थानमा बोल्न नसक्दा अवसरबाट बञ्चित हुनुपरेको अवस्थाको समाधानका लागि एकल महिला नगर समन्वय समिति रामपुरको आयोजना र रामपुर नगरपालिकाको आर्थिक सहयोगमा महिलाहरुलाई चार दिने उद्घोषण तथा भाषणकला तालिम दिइएको छ ।
तालिममा सहभागी रहेका महिलाहरूले आफूहरूमा भएको बोल्ने बानीको कमजोरीलाई विकास गर्न सक्ने भएको बताएका छन् । तालिममा सहभागी गीता कामुले बोल्ने बानी नहुँदा आफूलाई लागेका कुराहरू पनि व्यक्त गर्न नसक्दा समस्या भएको थियो अब भने ढुक्कसँग बोल्नसक्ने हिम्मत आएको बताउनुभयो । त्यस्तै अर्की सहभागी रिमा हिस्कीले बोल्ने बानीको विकास नहुँदा सङ्घसंस्थामा नेतृत्व गर्ने अवसरबाट समेत बञ्चित हुनुपर्ने अवस्थामा तालिमले आत्मबल बढेको सुनाउनुभयो । नगरपालिकाभित्रका २५ जना एकल महिलाहरुको सहभागिता रहेको थियो ।
विगतमा एकल महिलाहरुलाई समाजले हेर्ने दृष्टिकोण फरक भए पनि पछिल्लो समय सकारात्मक रुपले हेर्न थालिएको र यस्ता सिकाइ,तालिमले समेत उहाँको निर्धक्क भएर बोल्न समेत सक्ने हुनु भएको रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले बताउनुभयो ।
उपप्रमुख थापाले न्यून आय भएका एकल महिलाहरुहरुको समस्या समाधानका लागि सबैले सहयोग गर्नु पर्ने भन्दै यसका लागि नगरपालिकाले पनि आवश्यक सहयोग गर्ने बताउनुभएको छ । उहाँले एकल महिलाहरुलाई उद्यमी बनाई आत्मनिर्भर बनाउनका लागि आवश्यकता अनुसार सिपमूलक तालिम सञ्चालन गरी व्यवसायिक प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्ने उल्लेख गर्नुभयो ।
प्रशिक्षक सिता डोटेल र दानु हिस्की मगरले तालिममा सिकेका कुरा व्यवहारमा उतारेर तालिमको औचित्य पुष्टि गर्न सहभागीहरुलाई आग्रह गर्नुभयो । नेतृत्वमा पुग्नका लागि आफ्नो व्यक्तित्व विकास सबैभन्दा ठूलो सम्पत्ति भएकाले निर्धक्कसँग आफ्नो कुरा राख्न सक्ने हुनु ठूलो उपलब्धि हुने उहाँहरुको भनाइ थियो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र