गुल्मी । गुल्मी दरबार गाउँपालिका-७ चारपाला, ठूलोपोखराका दिनेश बस्नेतले आफ्नो जन्मभूमिको पर्यटन, कला र संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने उद्देश्यसहित गुल्मी महोत्सवमा भव्य फोटो प्रदर्शनी सम्पन्न गर्नुभएको छ । व्यक्तिगत खर्चमै आयोजना गरिएको उक्त प्रदर्शनी महोत्सवभर विशेष आकर्षणको केन्द्र बनेको थियो ।
सानैदेखि फोटोग्राफीमा रुचि राख्ने बस्नेत विगत तीन वर्षदेखि निरन्तर रूपमा गुल्मीका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदालाई क्यामेरामा कैद गर्दै प्रचारप्रसारमा सक्रिय हुनुहुन्छ । पेशाले गरिमा विकास बैंक, तम्घास शाखामा कार्यरत उहाँ फुर्सदको समयमा हिमाल, पहाड, धार्मिकस्थल, कला–संस्कृति तथा प्राकृतिक सौन्दर्यको खोजीमा पुग्ने गर्नुहुन्छ ।
गुल्मी जिल्लामै पहिलोपटक यति ठूलो स्तरमा फोटो प्रदर्शनी गरिएको बताइएको छ । प्रदर्शनीमा वाइल्ड लाइफ फोटोग्राफर राज अधिकारीको पनि साथ रहेको थियो । आफ्नो सिर्जनालाई प्रदर्शनीमार्फत् दर्शकमाझ प्रस्तुत गर्न पाउँदा अत्यन्त खुसी लागेको बस्नेतले बताउनुभयो । ‘मैले खिचेका तस्वीरहरू प्रदर्शनीमा राख्न पाउँदा निकै खुसी लागेको छ । यो अवसर प्रदान गर्नुहुने गुल्मी उद्योग वाणिज्य संघ परिवारप्रति विशेष धन्यवाद व्यक्त गर्दछु’, उहाँले भन्नुभयो ।
वैशाख ११ गतेदेखि २६ गतेसम्म सञ्चालन भएको गुल्मी महोत्सव अवधिभर करिब ३० हजार दर्शकले फोटो प्रदर्शनी अवलोकन गरेका आयोजकले जनाएको छ । प्रदर्शनीमा गुल्मीका धार्मिक सम्पदा, ग्रामीण जीवनशैली, प्राकृतिक दृश्य, कला-संस्कृति तथा पर्यटकीय सम्भावनालाई समेटिएका तस्वीरहरू राखिएका थिए ।
बस्नेतले खिचेका तस्वीरहरू चर्चित फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ लगायत विभिन्न राष्ट्रिय पत्रपत्रिकामा समेत प्रकाशित हुँदै आएका छन् । गुल्मीको पर्यटन प्रवर्द्धन गर्नु नै आफ्नो मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो । प्रदर्शनी अवलोकन गर्न चर्चित गायक बद्री पंगेनी, गायिका रचना रिमाल तथा कलाकार मञ्जु पौडेलसमेत पुग्नुभएको थियो । उहाँहरूले बस्नेतको सिर्जनात्मक कार्यको प्रशंसा गर्दै यस्ता गतिविधिले स्थानीय पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभएको थियो ।
यसैबीच, फोटोग्राफीमार्फत् गुल्मी जिल्लाको पहिचान विस्तारमा योगदान पुर्याएको भन्दै हालै सम्पन्न रेसुंगा नगरपालिकाको स्थापना दिवसका अवसरमा बस्नेतलाई सम्मानसमेत गरिएको थियो ।







टेनिस युगका अन्तिम सम्राट जोकोभिचको
मेसीको सम्मानमा एक मिनेट खेल
युरोपेली फुटबल : पिएसजी र
सलहेशलाई ताप्लेजुङ गोल्डकपको उपाधि
विपत्तिमा बालबालिकाको शिक्षा र सुरक्षालाई
एसियाड तयारीका लागि पौडेल र