काठमाडौं । छायांकन सुरु हुनुअघि नै चलचित्र ‘आ बाट आमा-२’को अमेरिका र क्यानडाका लागि प्रदर्शन अधिकार बिक्री भएको छ । निर्माण टिमले चलचित्र घोषणा गरेलगत्तै यी दुई देशका लागि प्रदर्शन अधिकार बिक्री भएको जनाएको हो ।
निर्देशक चन्द्र पन्तका अनुसार डोको फिल्मस्ले चलचित्रको अमेरिका र क्यानडा प्रदर्शन अधिकार महँगो रकममा खरिद गरेको हो । उहाँले पहिलो भाग ‘आ बाट आमा’ले बक्सअफिसमा उल्लेखनीय सफलता हासिल गरेकाले विदेशमा रहेका वितरकहरूले दोस्रो शृंखलाप्रति चासो देखाएको बताउनुभयो ।
चलचित्रमा पल शाह, विपना थापा, आशा श्रेष्ठ, प्रदीप रावत, गजित विष्ट र नरेन खड्कालगायत कलाकार अनुबन्ध भइसक्नुभएको छ ।
आर्या इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण हुनलागेको चलचित्रको कथा तथा पटकथा निर्देशक पन्तकै छ । चलचित्रको वितरण आरआर फिल्मस्ले गर्नेछ भने डिजिटल अधिकार ओएसआरले लिइसकेको निर्माण पक्षले जनाएको छ । करणसिंह रसाली प्रोडक्सन म्यानेजर रहेको चलचित्र आगामी बडादशैँको अवसर पारेर असोज ३० गते प्रदर्शनमा आउने तयारी गरिएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…