काठमाडौं । दुई साताअघि प्रदर्शनमा आएको चलचित्र ‘परालको आगो’ले घरेलु बक्स अफिसमा चार करोड रुपैयाँभन्दा बढी व्यापार गर्दै यस वर्ष चार करोड क्लबमा प्रवेश गर्ने पहिलो नेपाली चलचित्र बनेको छ । चलचित्रका निर्माता सुशील पोखरेलले सार्वजनिक गरेको आधिकारिक बक्स अफिस तथ्यांकनुसार २६ वैशाखसम्म चलचित्रले चार करोड नौ हजार ६६ रुपैयाँ ग्रस व्यापार गरेको छ । कर कटौतीपछि चलचित्रको नेट कमाइ तीन करोड ४८ लाख ५५ हजार ७४४ रुपैयाँ पुगेको छ ।
व्यापारिक रूपमा चलचित्रलाई एकल रिलिजको अवसरले विशेष फाइदा पुगेको देखिन्छ । दोस्रो साता अर्थात् १८ वैशाखमा कुनै नयाँ नेपाली चलचित्र प्रदर्शनमा नआउँदा ‘परालको आगो’ले हलमा बलियो पकड बनाएको थियो ।
यद्यपि यस शुक्रबारबाट तीन नयाँ चलचित्र एकसाथ प्रदर्शनमा आएपछि ‘परालको आगो’का करिब ८० प्रतिशत शो कटौती गरिएको निर्माता पोखरेलले जानकारी दिनुभयो । शो घटे पनि शनिबारमात्रै फिल्मले ११ लाख रुपैयाँभन्दा बढी व्यापार गरेको उहाँले बताउनुभयो । गुरुप्रसाद मैनालीको चर्चित कथामाथि आधारित यस चलचित्रमा सुहाना थापा, प्रकाश सपुत, सिर्जना अधिकारी, सौगात मल्लको शीर्ष भूमिका छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र