काठमाडौं । वरिष्ठ लोकगायक बमबहादुर कार्कीको नयाँ सन्देशमूलक गीत ‘म हुँ पानी सबको जिन्दगानी’ सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा अभिनेता राजेश हमालले गीतको भिडियो सार्वजनिक गर्नुभएको हो ।
प्रकृति र मानव अस्तित्वको आधारका रूपमा रहेको पानीको महत्त्वलाई केन्द्रमा राखेर तयार गरिएको गीतमार्फत पानी संरक्षण र प्रदूषण नियन्त्रणबारे सचेतना फैलाउने प्रयास गरिएको छ । कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धर, निर्देशक देवेन्द्र पाण्डे, गायिका तथा गोरखा म्युजिककी सञ्चालक शिवा आले कार्कीलगायत कलाकारको उपस्थिति थियो ।
गीतको भिडियोमा राजेश हमाल र करिश्मा मानन्धरको अभिनय छ । लामो समयपछि यो जोडी एउटै भिडियोमा देखिएको हो । भिडियोमा हमालले पानीको महत्त्व र शक्तिलाई चित्रण गर्नुभएको छ भने करिश्माले नृत्य, अभिनयमार्फत प्रकृतिको सौन्दर्य प्रस्तुत गर्नुभएको छ । भिडियोमा सगुन कार्कीको पनि अभिनय छ ।
गीतमा बमबहादुरकै शब्द तथा संगीत छ । गायनमा कार्कीलाई शिवा आले कार्की, लोचन भट्टराई र अर्जुन सोनामले साथ दिनुभएको छ । संगीत संयोजन बिबी अनुरागीले गर्नुभएको हो । देवेन्द्र पाण्डेको निर्देशन रहेको भिडियोको छायांकन हरि हुमागाईंले गर्नुभएको हो भने सम्पादन विकास दाहालको छ । भिडियोमा नेपालका पहाड, झरना, नदी तथा प्राकृतिक दृश्यलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ ।
गीत सार्वजनिक कार्यक्रममा बोल्दै राजेश हमालले मानव जीवनका लागि पानी सबैभन्दा महत्त्वपूर्ण आधार भएकाले यसको संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले बमबहादुरको चर्चित गीत ‘पानको पात’को स्मरण गर्दै कार्कीका गीतले नेपालमात्र नभई विदेशमा समेत लोकप्रियता हासिल गरेको जिकिर गर्नुभयो ।
अभिनेत्री करिश्मा मानन्धरले गीत र भिडियो उत्कृष्ट बनेको प्रतिक्रिया दिनुभयो । गायक बमबहादुरले पानीको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले गीत तयार गरिएको बताउनुभयो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र