चितवन । शिव श्रेष्ठ फाउण्डेशनले ४३ वर्षअघि प्रदर्शन भएको चलचित्र ‘जीवनरेखा’को विशेष प्रदर्शन गरेको छ । निर्देशक प्रकाश थापा निर्देशित उक्त चलचित्र चितवनको जलमा हलमा प्रदर्शन गरिएको हो । कार्यक्रममा चलचित्र विकास बोर्ड, लायन्स क्लब चितवन तथा डिजिटल सिनेमा नेपालको सहयोग रहेको थियो ।
नेपाली चलचित्र इतिहासका महत्त्वपूर्ण कृतिलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले चलचित्र विकास बोर्डले ‘ओल्ड इज गोल्ड’ अभियान सञ्चालन गर्ने तयारी गरेको जनाएको छ । सो अभियानको प्रारम्भिक परीक्षणका रूपमा शिव श्रेष्ठ फाउण्डेशनसँग सहकार्य गरी ‘जीवनरेखा’ प्रदर्शन गरिएको बोर्डले उल्लेख गरेको छ ।
बोर्डका अनुसार अभियानअन्तर्गत ३० वर्षभन्दा पहिले प्रदर्शन भएका नेपाली चलचित्रहरू हरेक हप्ता विशेष रूपमा प्रदर्शन गरिनेछ । यसअघि नै दशवटा ऐतिहासिक सेलुलोइड फिल्म डिजिटाइज गरिसकेको बोर्डले ऐतिहासिक, अभिलेखीय तथा साहित्यिक महत्त्वका थप दश फिल्म डिजिटाइज गर्ने तयारी भइरहेको जनाएको छ ।
बोर्डले पुराना चलचित्रलाई अभिलेखमा मात्र सीमित नराखी दर्शकमाझ पुनः पुर्याउने उद्देश्य रहेको स्पष्ट पारेको छ । पुरानो पुस्ताले सम्झनामा राखेका चलचित्रलाई नयाँ पुस्ताले पनि परिवारसँग बसेर हेर्न सकून् भन्ने लक्ष्यका साथ कार्यक्रम अघि बढाइएको बताइएको छ ।
विशेष प्रदर्शन कार्यक्रममा नीर शाह, दिनेश डिसी, प्रकाश सायमी, आकाश अधिकारी, शिव श्रेष्ठ, रवि अधिकारी, वीरेन्द्रनारायण श्रेष्ठ, चक्रबहादुर चन्द, प्रसाद श्रेष्ठ तथा दीपक अधिकारी लगायतको उपस्थिति थियो ।
चलचित्र ‘जीवनरेखा’मा शिव श्रेष्ठ, मीनाक्षी आनन्द, शान्ति मास्के, प्रकाश थापा, अर्जुनजंग शाही, वसुन्धरा भुसाल, गोपालराज मैनाली तथा हरिवंश आचार्यलगायतको अभिनय छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र