अमेरिका । भूटानी नेपाली साहित्यको संरक्षण र प्रवर्द्धनमा क्रियाशील अग्रणी संस्था साहित्य परिषद्, भूटानको अध्यक्ष पदमा साहित्यसेवी तथा सक्रिय अभियन्ता खेम रिजाल निर्विरोध चयन हुनुभएको छ । परिषद्को भर्चुअल बैठकमा निर्वाचन समितिले नयाँ कार्यसमितिको घोषणा गरेको हो ।
निर्वाचन समितिका संयोजक रूपनारायण पोख्रेलले सार्वजनिक गर्नुभएको विवरण अनुसार, नयाँ कार्यसमितिमा उपाध्यक्ष पदमा तिलारूपा आचार्य (अधिकारी), महासचिवमा नील अधिकारी, कोषाध्यक्षमा खग्रेन्द्र भण्डारी (जन्तरे) र सदस्यमा भीम अधिकारी चयन हुनुभएको छ ।
निष्पक्ष र पारदर्शी निर्वाचनका लागि रूपनारायण पोख्रेल, मनोज राई र प्रतिमान सिवा सम्मिलित तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । परिषद्का ६३ सदस्यहरूमध्येबाट आवेदन आह्वान गरिएकोमा प्रारम्भिक चरणमा पाँचजनाको मात्र उम्मेदवारी परेको र थप १५ दिनको समय थप्दा पनि अन्य आवेदन नआएपछि उम्मेदवारी दिने सदस्यहरूलाई नै जिम्मेवारी सुम्पिएको हो ।
यो घोषणा भुट्नीलिट्रेचर डटकम पाक्षिक प्रकाशनको १७औं स्थापना दिवसको विशेष अवसरमा गरिएको हो । पुनर्वासपछिको यो परिषद्को चौथो कार्यसमिति हो । यसअघि सन् २०१० देखि २०२६ सम्ममा साहित्यकार तथा पत्रकार भक्त घिमिरे, कवि शिवालाल दहाल र साहित्यकार गंगाराम लामिटारेसम्म तीनवटा कार्यसमितिहरूले काम गरिसक्नुभएको छ ।
नवनिर्वाचित अध्यक्ष खेम रिजालको नेतृत्वमा रहेको यस समितिले आफ्नो गतिविधिलाई विश्वव्यापी बनाउन अष्ट्रेलिया, क्यानडा, न्यूजिल्याण्ड, युरोप र दक्षिण एसियामा निर्देशनालयहरू स्थापना गर्ने निर्णय गरेको छ । परिषद् अमेरिकामा दर्ता भएको गैरनाफामुखी संस्था भएकाले कार्यसमितिमा अमेरिकामा रहेका सदस्यहरूलाई समावेश गरिएको छ ।
‘यो नयाँ नेतृत्वले आगमी दिनहरूमा अग्रहजहरूलाई सम्मान गर्दै, अनुजहरूलाई धेरै समावेश गर्दै नेपाली भाषा साहित्यको प्रवर्द्धनमा क्रियाशील रहनेछ’, खेम रिजालले बताउनुभयो । सन् १९९३ मार्च १७ मा झापाको बेलडाँगी-२ शरणार्थी शिविरमा ‘भाषा परिषद्, भुटान’का रूपमा स्थापना भएको यस संस्थाले विस्थापनको कठिन समयमा पनि नेपाली भाषा र साहित्य जोगाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो । सन् २००३ देखि यसको नाम ‘साहित्य परिषद्, भूटान’ राखिएको हो । यस संस्थाले शरणार्थी शिविरहरूमा रहँदा १० हजारभन्दा बढी भुटानी नेपालीहरूलाई साक्षर बनाउने ऐतिहासिक अभियानसमेत सञ्चालन गरेको थियो ।
नयाँ कार्यसमितिले प्रवासमा फैलिएको भुटानी नेपाली साहित्यिक यात्रालाई नयाँ ऊर्जा, दृष्टि र समर्पणका साथ अघि बढाउने र नेपाली भाषा, संस्कृति तथा पहिचानको जगेर्नामा समर्पित रहने विश्वास व्यक्त गरेको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र