काठमाडौं । नारी जागृति समाज कपनको तीनदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, सामाजिक विकास कार्यालयको आर्थिक सहयोगमा आयोजना भएको ‘कानुनी साक्षरता र नैतिक शिक्षासम्बन्धी तालिम’ वैशाख २५, २६ र २७ गते सञ्चालन भएको थियो । २५ गते शुक्रबारका बुनपा वडा नं. १२ वडा कार्यालयको सभाहालमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सदस्य माननीय मीना पराजुली रहनुभएको थियो भने विशिष्ट अतिथि उक्त वडाका वडाध्यक्ष शम्भु भट्टराई रहनुभएको थियो ।
२७ गते शनिबार घटराज मेमोरियल स्कुलमा ओजित कार्यक्रममा घटराज स्कुलको संस्थापक अध्यक्ष रीना ढकाल विशेष अतिथि रहनुभएको थियो । यसैगरी २७ गते आइतबार बोधीसदन स्कुलको सभाहलमा आयोजित कार्यक्रमा प्रधानाध्यापक अन्यदिनको जसरी नै नारी जागृति समाजका पदाधिकारी र सदस्यहरूका साथै महाधिवक्ताको कार्यालयमा कार्यरत सहन्यायाधिवक्ता मीना गुरुङ तथा उक्त विद्यालयका संस्थापक महेश पौडेल विशेष अतिथि रहनुभएको थियो ।
समय-समयमा विभिन्न कार्यक्रम आयोजना गर्दै आइरहेको नारी जागृति समाजको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभएपछि प्रशिक्षकहरूबाट प्रशिक्षण दिने कार्य सम्पन्न भएको थियो ।
तीनै दिन प्रमुख अतिथि मीना पराजुली रहनुभएको थियो । उहाँले नारीहरूद्वारा यस प्रकारको कार्यक्रम आयोजना गरेर सबैलाई सुसूचित गराउने काम गरेकोमा नारी जागृति समाजको प्रशंसा गर्नुभयो । विशष्ठ अतिथि भट्टराईले यसरी आयोजना हुने कार्यक्रमलाई वडाको तर्फबाट आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नारी जागृति समाजकी कोषाध्यक्ष सुशीला घिमिरे दाहालले सञ्चालन गर्नुभएको थियो भने उक्त संस्था सदस्य गीता पौडेल (दाहाल)ले उक्त कार्यक्रममा स्वागत मन्तव्यसहित धन्यवाद ज्ञापन गर्नुभयो ।
उक्त नेपाल सरकारका उपमहान्यायधिवक्ता एकराज अधिकारीले महिलाविरुद्धका हिंसाका बारेमा कार्यपत्र प्रस्तुत गर्दै सो विषयमा प्रशिक्षण दिनुभएको थियो । त्यसपछि प्रशिक्षक अधिवक्ता नूरहरि खतिवडाले पारिवारिक कानुनका विषयमा प्रशिक्षण दिनुभएको थियो । त्यसैगरी अधिवक्ता केशवप्रसाद दाहालले महिलाका साम्पत्तिक अधिकार र सम्बन्धित कानुनी व्यवस्थाको विषयमा प्रशिक्षण दिनुभयो ।
सहन्यायाधिवक्ता मीना गुरुङले महिलाका हकअधिकारका विषयमा महिलाहरूलाई सुसूचित गराउनुभएको थियो । अर्का प्रशिक्षकका रूपमा शिक्षाविद् दामोदर निरौलाले हालको समयमा आवश्यकता खड्किएको नैतिक शिक्षाका विषयमा सकारात्मक सोचका साथै बालबालिकाहरूदेखि नै उक्त शिक्षा दिनुपर्ने विषयमा प्रशिक्षण दिनुभयो । प्रशिक्षकहरू सबैले आ–आफ्नो समयमा विभिन्न सहभागीका जिज्ञासाको उत्तर पनि दिनुभएको थियो ।
त्रि-दिवसीय उक्त कार्यक्रमा नारी जागृति समाजकी अध्यक्ष भावना खनाल अर्यालको सभापतित्वमा भएको हो । उक्त कार्यक्रममा समाजको संस्थापक अध्यक्ष कान्ता दाहाल अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमा प्रमुख अतिथि मीना पराजुली, विशिष्ठ अतिथि शम्भु भट्टराई तथा बुनपाको कार्यपालिका सदस्य शान्ता ढकालले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
प्रमुख अतिथि तथा विशिष्ठ अतिथिलाई सभापति अर्यालले दोसल्ला ओडाएर सम्मान गर्नुका साथै मायाको चिनो प्रदान गर्नुभएको थियो । सहभागीहरूलाई पनि उहाँले नै सहभागिताको प्रमाणपत्र प्रदान गर्नुभएको थियो । उक्त कार्यक्रममा फरक-फरक तीन ठाउँमा फरक-फरक एक सयभन्दा बढी संख्यामा सहभागिता रहेको थियो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र