काठमाडौं । नेपालको पश्चिमी क्षेत्रमा आफ्नो उपस्थिति थप मजबुत बनाउँदै जेसिबी नेपालले पोखरामा आयोजित विशेष ग्राहक भेटघाट तथा साँचो हस्तान्तरण कार्यक्रममा प्रमुख ग्राहकलाई १२ वटा मेसिन हस्तान्तरण गरेको छ । कम्पनीका अनुसार हस्तान्तरण गरिएका मेसिनहरूमा जेसिबीका फ्ल्यागसिप ब्याकहो लोडर तथा जेसिबी २२१ एक्स्काभेटर समावेश थिए ।
नेपालमा उल्लेखित मेसिन टिकाउपन, उच्च रिसेल भ्यालु तथा प्रभावकारी सञ्चालन क्षमताका कारण व्यापकरूपमा विश्वास गरिएका छन् । ३२ भन्दा बढी बिक्री तथा सेवा केन्द्र र दुई सयभन्दा बढी दक्ष सपोर्ट इञ्जिनियरको सञ्जालमार्फत् जेसिबी नेपालले भरपर्दो आफ्टर सेल्स सर्भिस उपलब्ध गराउँदै आएको छ, जुन आजको प्रतिस्पर्धात्मक कन्स्ट्रक्सन इक्विपमेन्ट बजारमा अत्यन्त महत्त्वपूर्ण पक्ष मानिन्छ । कन्स्ट्रक्सन इक्विपमेन्ट क्षेत्रमा प्रतिस्पर्धा बढिरहेको र ग्राहकहरूको अपेक्षा निरन्तर परिवर्तन भइरहेको अवस्थामा उक्त उपलब्धिले बजारमा प्रमाणित कार्यसम्पादन र दीर्घकालीन मूल्यप्रतिको झुकाव स्पष्टरूपमा देखाएको छ ।
कार्यक्रममा पश्चिम क्षेत्रको तीव्र पूर्वाधार विकासमा सक्रिय योगदान पुर्याइरहेको सो क्षेत्रका अग्रणी ठेकेदार, पूर्वाधार विकासकर्ता तथा व्यवसायीको उल्लेखनीय उपस्थिति रहेको थियो । उनीहरूले जेसिबी इक्विपमेन्टप्रतिको सामूहिक लगानीले भरपर्दो प्रविधि, निरन्तरको सर्भिस सपोर्ट तथा न्यून सञ्चालन जोखिमप्रति बढ्दो प्राथमिकता झल्काएको छ । जेसिबी नेपालले उल्लेखित क्षेत्रहरूमा निरन्तर नयाँ मापदण्डहरू स्थापित गर्दै आएको जनाएको छ । कार्यक्रममा बोल्दै जेसिबी नेपालका प्रमुख कार्यकारी अधिकृत तेजप्रसाद सुवेदीले भन्नुभयो, ‘यो उपलब्धि केवल औपचारिक हस्तान्तरणमात्र होइन, आज बजारको वास्तविक विश्वास कहाँ केन्द्रित छ भन्ने संकेत पनि हो । ग्राहकहरू अहिले लगानी प्रतिफलप्रति बढी सचेत र निर्णयमा जानकार बन्दै गएका छन् । उहाँहरूको जेसिबीप्रतिको विश्वासले व्यावसायिक सफलताका लागि कार्यसम्पादन, सेवा सुनिश्चितता र दीर्घकालीन विश्वसनीयताको महत्त्व अझ स्पष्ट बनाएको छ ।’
पश्चिम नेपालमा पूर्वाधार विकासले गति लिइरहेको अवस्थामा मेसिनको निरन्तर सञ्चालन क्षमता, स्पेयर पार्ट्सको सहज उपलब्धता तथा सम्पूर्ण जीवनचक्र लागतको प्रभावकारिता उपकरण छनोटका महत्त्वपूर्ण आधार बन्दै गएका छन् । जेसिबी नेपालको सुदृढ सेवा प्रणालीले ग्राहकलाई न्यून डाउन टाइमर अधिकतम उत्पादकता सुनिश्चित गर्दै राम्रो लाभ प्रदान गरिरहेको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र