काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमार्फत बोर्डले नतिजा सार्वजनिक गरेको हो ।
सार्वजनिक नतिजाअनुसार ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बोर्डले नतिजा केहीबेरपछि वेबसाइट तथा अन्य आधिकारिक माध्यममार्फत हेर्न सकिने जनाएको छ ।
बोर्डले आज एक सूचना जारी गर्दै एसइईको नतिजा हेर्ने वेबसाइटसहितको सूची सार्वजनिक गरेको छ । जसअनुसार एसएमएस, आइभिआर र विभिन्न वेबसाइटबाट नतिजा हेर्न सकिने जनाएको छ । विद्यार्थीहरूले आफ्नो मोबाइलको मेसेज बक्समा गई आधिकारिक सर्टकोडमार्फत नतिजा हेर्न सक्ने कार्यालयले जनाएको छ ।
इन्टरनेटको पहुँच नभएका वा सामान्य फोन प्रयोगकर्ताहरूका लागि बोर्डले सर्टकोडहरूको व्यवस्था गरेको छ:
नेपाल टेलिकम:** ‘१६००’ नम्बरमा एसएमएस (SMS), यूएसएसडी (USSD) वा आइभीआर (IVR) सेवा प्रयोग गर्न सकिनेछ।
जानकी टेक्नोलोजी:** ‘३५००१’ मा एसएमएस पठाएर नतिजा थाहा पाउन सकिनेछ।
एम्बिसन गुरु:** ‘३१०६१’ मा एसएमएस पठाएर जानकारी लिन सकिने सूचनामा उल्लेख छ।
मार्कसिटका लागि डिजिटल पोर्टलहरूको व्यवस्था
विद्यार्थीहरूले आफ्नो विस्तृत अंकतालिका (मार्कसिट) सहितको नतिजा हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालयको आधिकारिक पोर्टलहरू प्रयोग गर्न सक्नेछन्। यसका साथै निजी क्षेत्रका विभिन्न १४ वटा वेबसाइटहरूलाई पनि नतिजा प्रकाशनको अनुमति दिइएको छ।
नतिजा हेर्न सकिने प्रमुख वेबसाइटहरू
www.see.gov.np (परीक्षा नियन्त्रण कार्यालय) राष्ट्रिय परीक्षा बोर्ड (www.neb.gov.np) र नेपाल टेलिकम (www.see.ntc.net.np)लगायतबाट नतिजा हेर्न सकिन्छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र