काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । यस वर्ष ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमार्फत बोर्डले नतिजा सार्वजनिक भएको जानकारी दिएको हो । नतिजा केहीबेरपछि वेबसाइटमार्फत हेर्न सकिने जनाइएको छ ।
यस वर्षको एसईई परीक्षामा सबैभन्दा धेरै विद्यार्थीले ३.६० देखि ४.०० सम्मको जीपीए प्राप्त गरेका छन् । बोर्डका अनुसार ४८ हजार ३९२ विद्यार्थीले उक्त जीपीए हासिल गरेका हुन् ।
त्यसैगरी ३.२० देखि ३.६० सम्मको जीपीए ल्याउने विद्यार्थीको संख्या ८० हजार ३७२ रहेको छ ।
यस्तै, २.८० देखि ३.२० सम्मको जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ९४ हजार २२२ रहेको बोर्डले जनाएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र