काठमाडाैं । संघीय संसदअन्तर्गतका विभिन्न ८ वटा विषयगत समितिको बैठक आज बस्दैछ । सिंहदरबारस्थित विभिन्न समितिको कार्यकक्षमा बस्ने यी बैठकहरूमा बजेट कार्यान्वयन, सडक सुरक्षा, मन्त्रालयगत कार्ययोजना र अनुगमनलगायतका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।
संसद सचिवालयका अनुसार आज बिहान १० बजे चारवटा समितिको बैठक आह्वान गरिएको छ । अर्थ समितिको बैठकमा अर्थ मन्त्रालयको कामकारबाही, चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनको अवस्था र आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे छलफल हुनेछ । सोही बैठकमा उपसमिति गठन गर्ने समेत तयारी छ ।
यस्तै, १० बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा सडक सुरक्षा र मनसुनका समयमा गरिने सवारी व्यवस्थापनबारे छलफल हुनेछ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वर्तमान अवस्था र भावी कार्ययोजनाबारे छलफल हुनेछ भने सार्वजनिक लेखा समितिमा समिति सम्बन्धी प्रश्तुतीकरणको कार्यसूची रहेको छ ।
बिहान साढे १० बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्नेछ, जसले उपसमिति गठनका विषयमा निर्णय लिनेछ । बिहान ११ बजे महिला तथा सामाजिक मामिला समितिको बैठकमा मधेसी आयोगका पदाधिकारीहरूसँग आयोगको कामकारबाहीबारे छलफल हुनेछ । सोही समयमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बस्नेछ ।
यस समितिले गण्डकी प्रदेशमा भएको स्थलगत अनुगमन तथा अन्तरक्रिया कार्यक्रमको प्रतिवेदनको मस्यौदामाथि छलफल गर्नेछ । दिउँसो १ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने कार्यतालिका छ । उक्त बैठकमा पनि भूमिहीन नागरिकहरूको होल्डिङ्ग सेन्टर अनुगमनकै विषयमा केन्द्रित रहेर छलफल हुने सचिवालयले जनाएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र