मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ लामबगरस्थित सिस्नेरी-दक्षिणकाली सडकखण्डमा सोमबार राति ईभी गाडी दुर्घटना हुँदा ९ जना भारतीय नागरिक घाइते भएका छन् ।
सोमबार राति करिब ११:१० बजे काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०१-०३३ च ५२५८ नम्बरको ईभी गाडी ब्रेक फेल भई सडकको दाहिने किनारको भित्तामा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गाडीमा चालकसहित ११ जना सवार रहेका थिए । तीमध्ये ९ जना भारतीय नागरिक र चालकसहित २ जना नेपाली नागरिक रहेका थिए । दुर्घटनामा ३ जना गम्भीर, ३ जना मध्यम तथा ३ जना सामान्य घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि काठमाडौंस्थित B&B अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते हुनेमा भारत बिहार दरभंगाका ६० वर्षीय राम विनय झा, ७० वर्षीया निर्मला देवी र ५५ वर्षीया अनिता देवी रहेका छन् । उनीहरूको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।
त्यसैगरी ५६ वर्षीया प्रझा देवी, ५२ वर्षीया रुद्र कुमारी झा र ७४ वर्षीय छत्रधर चौधरी मध्यम घाइते भएका छन् । अन्य घाइतेहरूमा ६७ वर्षीय हम्रानाथ झा, ६६ वर्षीय अमरनाथ झा र ४२ वर्षीया अनिता झा रहेका छन् ।
ईभी चालक धनुषाको लक्ष्मीनिया नगरपालिका-४ निवासी करिब ३० वर्षीय पिन्टु सिंह प्रहरी नियन्त्रणमा रहेका छन् । अर्का नेपाली सवार २२ वर्षीय असान साफी भने सकुशल घर फर्किएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार दुर्घटनापछि सडक अवरुद्ध भएको छैन भने दुर्घटनाग्रस्त गाडी घटनास्थलमै रहेको छ ।
मंगलबार राति १:३० बजेसम्म घाइते ९ जनाको ललितपुरस्थित अल्का अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र