धादिङ । सरकारले एसईई परीक्षाको नतिजा सार्बजनिक गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा धादिङ जिल्लाबाट १० जना विद्यार्थीले ४.०० जिपिए प्राप्त गर्न सफल भएका छन् ।
यसैगरी निलकण्ठ बालमन्दिर माध्यमिक विद्यालय बाट ४ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् । विद्यालयका विपसा सुवेदी, दिप्सन छत्कुली, नविना श्रेष्ठ र प्रशंसा गुरुङले उत्कृष्ट नतिजा निकाल्न सफल भएका हुन् ।
त्यसैगरी आदर्श माध्यमिक विद्यालय बाट अनिरुद्ध सिंह बस्नेत र इन्सटनि पाण्डे, धुनीबेसी बोर्डिङबाट इन्जिल पाठकले ४ जिपिए प्राप्त गरेका छन् ।
यस्तै राइजिङ स्टार बोर्डिङ स्कूल का उम्मीद थपलिया, न्यू किबो बोर्डिङ स्कूल की रोजिना चौलागाईं तथा ब्राइट फ्युचर माध्यमिक विद्यालय का रोमन श्रेष्ठले पनि ४ जिपिए ल्याउन सफल भएका छन् ।
यस वर्ष धादिङबाट नियमित तथा ग्रेडवृद्धितर्फ गरी कुल ५ हजार ४६ जना विद्यार्थी एसईई २०८२ को परीक्षामा सहभागी भएका थिए ।






राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र