भोजपुर । भोजपुरको दक्षिण आमचोक गाउँपालिकामा सञ्चालन गरिएको दुई दिने नागरिकता बितरण घुम्ती शिविरमा करिव तीन सयलाई नागरिकता र राष्ट्रिय परिचयपत्र सम्वन्धी सेवा प्रदान गरिएको छ ।
दुर्गम क्षेत्रबाट प्रशासनिक सेवा लिनका लागि सदरमुकाम आउनु पर्ने बाध्यताको अन्त्य गर्दै जिल्ला प्रशासन कार्यालय भोजपुरले पालिकासँगको समन्वयमा दोश्रो चरणमा एक सय ३८ जनालाई नागरिकता बितरण गरेको हो भने एक सय ४४ जनाको राष्ट्रिय परिचयपत्रका लागि बिवरण संकलन भएको छ । जिल्ला प्रशासनले चैत्रमा पनि आमचोकमा सञ्चालन भएको शिविरमा चार सय ३१ जनालाई नागरिकता बितरण गरेको थियो ।
जिल्लाको दुर्गम क्षेत्रमा प्रदान गरिने प्रशासनिक सेवाले त्यस क्षेत्रका नागरिकलाई राहत मिलेको प्रमुख जिल्ला अधिकारी राजन पौडेलले बताउनुभयो । उहाँले प्रशासनले चैत्रमा पनि हतुवागढी र आमचोकमा तीन तीन दिन नागरिकता बितरण र परिचयपत्रको सेवा दिएको र अहिले छुट रहेका आमचोकका नागरिकका लागि पुन सेवा प्रदान गरिएको बताउनुभयो ।
भौगोलिक दृष्टिले जिल्ला सदरमुकामबाट टाढा रहेको, जिल्ला सदरमुकामसम्म आवागमनको लागि भरपर्दो यातायात सुविधाको समेत व्यवस्था नरहेकोले नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिँदै दुवै पालिकामा घुम्ती सेवा दिएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।
जिल्ला प्रशासनसँगको समन्वयमा गरिएको प्रशासनिक सेवा प्रभावकारी देखिएको आमचोक गाउँपालिका अध्यक्ष अशोक राईले बताउनुभयो । उहाँले भन्नुभयो, “ प्रशासनिक सेवा लिन सदरमुकाम जानु पर्ने अवस्थामा जिल्ला प्रशासनसँगको समन्वयमा गाउँमै पालिकावासीलाई सेवा प्रदान गरिएको छ । ”







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र