मलेसिया । मलेसियाको पश्चिमी तटमा रहेको पाङ्कोर टापुमा इन्डोनेसियाका ३७ जना कागजात विहीन आप्रवासी बोकेको डुङ्गा डुब्दा १४ जना बेपत्ता भएको अधिकारीहरूले बताएका छन् ।
पेराकमा स्थित मलेसियन मेरिटाइम एन्फोर्समेन्ट एजेन्सी (एमएमइए) ले सोमबार एक जना स्थानीय माझीले समुद्रमा जीवित व्यक्तिहरू तैरिरहेको भेटेर सुचना गरे पछि घटनाको आशङ्का गरी उद्धार प्रयास गरिएको बताएको छ ।
प्रारम्भिक अनुसन्धानले डुङ्गामा सवार ३७ जना मध्ये २३ जना पीडितलाई उद्धार गरिएको जनाएको छ भने बाँकी व्यक्तिहरू पत्ता लगाउने प्रयास जारी छ । पेराक एमएमइएका निर्देशक मोहम्मद शुकरी खोटोबले विज्ञप्ति जारी गर्दै प्रारम्भिक अनुसन्धानले आप्रवासीहरू मे-९ मा इन्डोनेसियाको किसरनबाट पेनाङ, तेरेङ्गानु, सेलान्गोर र क्वालालम्पुर लगायत मलेसियाका अन्य गन्तव्यहरूतर्फ हिडेको उल्लेख गर्नु भएको छ ।
एजेन्सीले बेपत्ता व्यक्तिहरूको खोजी गर्न डुङ्गा, हेलिकप्टर तथा विमान तैनाथ गरेको उहाँले बताउनु भएको छ । उद्धार गरिएका व्यक्तिलाई थप अनुसन्धानका लागि प्रहरीलाई बुझाएको जनाएको छ ।
मलेसिया एसियाका गरिब भागहरूबाट आएका लाखौं आप्रवासीहरूको मुख्य गन्तव्य हो, जस मध्ये धेरै जना कागजात विहीन छन् जसले निर्माण र कृषि लगायत उद्योगहरूमा काम गरिरहेको जनाइएको छ ।
यद्देपी मानव बेचबिखनको अखडा बनाइएका सिमाहरुमा प्रायः खतरनाक हुनेगरेको र जसले गर्दा डुङ्गाहरू डुब्ने गरेको बताएको छ ।
यस अघि सन् २०२५ नोभेम्बर मा थाई-मलेसियन तट नजिकै अनियमित आप्रवासी बोकेको डुङ्गा पल्टिदा ३६ जना आप्रवासीहरूको मृत्यु भएको थियो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र