काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय स्वास्थ्य उपचार र विश्रामपछि पुनः सक्रिय राजनीतिक गतिविधिमा फर्किनुभएको छ।
गत फागुन २१ को निर्वाचनमा पराजित भएपछि केही समय राजनीतिक रूपमा निष्क्रिय जस्तो देखिनुभएका उहाँ स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना पनि हुनुभएको थियो। त्यसपछि चैत २६ गते रिहा भई बैशाख ५ गते अस्पतालबाट डिस्चार्ज भएपछि उहाँ पुनः राजनीतिक भेटघाट र छलफलमा सक्रिय हुनुभएको हो।
हालैका दिनहरूमा उहाँले विभिन्न शीर्ष नेताहरूसँग भेटघाट र संवाद तीव्र पार्नुभएको छ। बैशाख २२ गते उहाँले नेकपा नेता नारायणकाजी श्रेष्ठसँग वाम एकता र समसामयिक राजनीतिक विषयमा छलफल गर्नुभएको थियाे ।
त्यसैगरी बैशाख २३ गते उहाँ र माओवादी केन्द्रका संयोजक पुष्षकमल दाहालबीच टेलिफोन संवाद भएको स्रोतहरूले जनाएका छन्।
बैशाख २४ गते उहाँले सुदूरपश्चिम प्रदेशका ११ जना प्रदेश सांसदलाई काठमाडौँको गुन्डुमा बोलाएर प्रदेश संसदीय दलको विवाद समाधानबारे छलफल गर्नुभएको थियो। त्यसपछि बैशाख २५ गते एमालेले राष्ट्रिय सभाको सचेतकमा रोशनी मेचे चयन गरेको थियो।
यसैबीच, उहाँले एमालेकै युवा नेता अब्दुस मियाँसँग भेट गर्नुभएको छ। उक्त भेटपछि सार्वजनिक तस्बिरमा देखिएको दृश्यलाई लिएर राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजीसमेत सुरु भएको छ।
सोही दिन उहाँले पार्टी उपाध्यक्ष बिष्णु पाैडेल तथा पूर्वराष्ट्रपति विध्यादेवी भण्डारीसँग करिब दुई घण्टा लामो छलफल गर्नुभएको बताइएको छ।
नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहस चलिरहेका बेला पूर्वराष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच पछिल्लो भेटलाई महत्वपूर्ण रूपमा हेरिएको छ। उहाँहरूले एमालेभित्रको पछिल्लो अवस्था, आन्तरिक गतिविधि तथा नेताहरूका अभियानबारे समेत समीक्षा गर्नुभएको बताइएको छ।
पार्टीभित्र ओलीलाई नेतृत्वबाट राजीनामा गराएर पुनर्गठन गर्ने प्रयास भइरहेका चर्चा चलिरहँदा, केही नेताहरूले अन्तरिम नेतृत्वका लागि भण्डारीलाई अघि सार्नुपर्ने धारणा राख्दै आएका छन्। यद्यपि भण्डारीको सक्रिय भूमिका ओलीको समर्थनमा निर्भर रहने अनुमानसमेत गरिएको छ।
यसबीच, एमालेभित्र नेतृत्व परिवर्तनबारे बहस तीव्र बनेको छ। केही नेताहरूले ओलीलाई मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखे पनि उहाँले हालसम्म नेतृत्व छाड्ने कुनै संकेत दिनुभएको छैन।
यता, वाम एकताको चर्चा पनि पुनः चुलिएको छ। ओली र प्रचण्डबीच बारम्बार संवाद हुनु तथा अन्य वाम नेताहरूसँग बढ्दो भेटघाटले वाम सहकार्य वा एकताको प्रयास भइरहेको अनुमानलाई थप बल दिएको छ।
राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र