काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा तीव्र वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य एकैदिन तोलामा ४ हजार ४०० रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दु नजिक पुगेको छ।
आज छापावाल सुन प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार यसको मूल्य २ लाख ९८ हजार ५०० रुपैयाँ थियो।
त्यस्तै चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ। चाँदी प्रतितोला ३५५ रुपैयाँले बढेर ५ हजार ६ सय ९५ रुपैयाँ पुगेको छ, जुन सोमबार ५ हजार ३४० रुपैयाँ थियो।
व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र अमेरिकी डलरको मजबुतीका कारण नेपाली बजारमा बहुमूल्य धातुको मूल्य निरन्तर उकालो लागिरहेको छ।
पछिल्लो वृद्धि सँगै सुन–चाँदी दुवैको मूल्यले नयाँ रेकर्ड नजिकको स्तरमा कारोबार भइरहेको छ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र