काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र स्कटल्यान्डबीच प्रतिस्पर्धा भइरहेको छ। टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्यान्ड अहिले नेपालका बलरहरूको दबाबमा परेको छ।
नेपालका लागि मुख्य सफलता सन्दीप लामिछानेले दिलाएका छन्। उनले एकै स्पेलमा चार महत्वपूर्ण विकेट लिँदै स्कटल्यान्डको ब्याटिङ लाइनअप भत्काएका छन्।
स्कटल्यान्डका ओपनर जर्ज मुन्सेले ७५ रन बनाए पनि उनलाई दीपेन्द्रसिंह ऐरीको क्याचमार्फत सन्दीपले आउट गराएका थिए। अर्का ओपनर फिनले म्याकक्रियाथ ३५ रन बनाएर एलबीडब्ल्यू आउट भए।
त्यसपछि सन्दीपले आक्रामक प्रदर्शन जारी राख्दै म्याकमुलेन (७ रन) र रिची बेरिंगटन (५ रन) लाई पनि आउट गरे।
हालसम्म २६ ओभरको समाप्तिमा स्कटल्यान्डले ४ विकेट गुमाएर १३२ रन बनाएको छ। पहिलो २० ओभरसम्म विकेटविहीन रहेको नेपालले पछिल्ला पाँच ओभरमा सन्दीपको उत्कृष्ट बलिङमार्फत खेलमा पुनः नियन्त्रण लिएको देखिन्छ।
लिग–२ अन्तर्गतको यो खेल नेपालका लागि अंक तालिकामा महत्वपूर्ण मानिएको छ, जहाँ सन्दीपको प्रदर्शनले घरेलु टोलीलाई बलियो स्थितिमा पुर्याएको छ। ३८ ओभरको खेल सकिँदा स्कटल्यान्डले चार विकेट गुमाउँदै १७० रन बनाएर खेल्दैछ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र