काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पुँजी बजारमा सीमित समूहले हेरफेर, इन्साइडर ट्रेडिङ र ठूलो मात्रामा जनताको पैसा दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको आरोप लगाउनुभएको छ।
मंगलबार अर्थ समितिको बैठकमा बोल्दै उहाँले विगत केही वर्षमा वित्तीय तथा आर्थिक संस्थाहरू निश्चित व्यक्तिहरूको नियन्त्रणमा पुगेको गम्भीर अवस्था स्वीकार गर्नुपर्ने बताउनुभयो। उहाँका अनुसार यस्तो अवस्थाले आर्थिक मात्र नभई राजनीतिक संस्थामाथि समेत प्रभाव पारेको छ।
उहाँले पुँजी बजारलाई व्यावसायिक, पारदर्शी र विश्वस्तरीय मापदण्डअनुसार विकास गर्ने सरकारको लक्ष्य रहेको स्पष्ट पार्नुभयो। साथै, स्टक एक्सचेन्ज पुनःसंरचनाका लागि गठित समितिको प्रतिवेदन कार्यान्वयन गरिने जानकारी पनि दिनुभयो।
अर्थमन्त्री वाग्लेले केही समूहले बजारमा कृत्रिम प्रभाव सिर्जना गर्दै राजनीतिक नेतृत्वसम्म प्रभाव पार्ने वातावरण बनाएको टिप्पणी गर्नुभयो। उहाँका अनुसार करिब १५–१६ अर्ब रुपैयाँको जनताको पैसा दुरुपयोग गरी बजार हेरफेर र इन्साइडर ट्रेडिङमार्फत अकुत सम्पत्ति आर्जन गरिएको छ।
उहाँले यस्तो अवस्थालाई नियन्त्रण गर्न आवश्यक सुधार प्रक्रिया अघि बढाइएको उल्लेख गर्दै पुँजी बजार सुधारलाई सरकारले उच्च प्राथमिकता दिएको बताउनुभयो। राष्ट्रपतिमार्फत सार्वजनिक नीति तथा कार्यक्रममा समेत पुँजी बजार सुधारसम्बन्धी उदार नीति घोषणा भइसकेको र आगामी बजेटमा त्यसलाई थप ठोस रूप दिइने उहाँको भनाइ छ।
उहाँले ‘जेन–जी आन्दोलन’ लाई परिवर्तनको महत्वपूर्ण मोडका रूपमा उल्लेख गर्दै त्यसले मुलुकलाई गलत दिशातर्फ जानबाट जोगाएको दाबी गर्नुभयो। सरकार अहिले सुशासनलाई मुख्य प्राथमिकतामा राखेर अघि बढिरहेको र विकास निर्माणभन्दा पहिले सुशासनको आधार मजबुत बनाउने नीति लिइएको पनि उहाँले स्पष्ट पार्नुभयो।
राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र