काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालबीच आज शीतल निवासमा भेटवार्ता भएको छ । भेटमा समसामयिक राजनीतिक तथा संसदीय विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
सचिवालयका अनुसार भेटवार्तामा विस्तृत विषय सार्वजनिक नगरिए पनि देशको वर्तमान राजनीतिक अवस्था, संसदको कामकारबाही र संस्थागत मर्यादासम्बन्धी विषयमा सामान्य छलफल भएको बुझिएको छ ।
यता, पछिल्लो समय प्रधानमन्त्री बालेन शाह ले हिजोको संसद बैठकमा देखाएको व्यवहारलाई लिएर विभिन्न तहमा चर्चा भइरहेको छ । संसदको गरिमा र संसदीय आचरणबारे प्रश्न उठिरहेका बेला राष्ट्रपति र सभामुखबीचको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
यद्यपि, भेटमा सो विषय प्रत्यक्ष रूपमा उठाइएको वा नउठाइएको भन्नेबारे औपचारिक जानकारी दिइएको छैन ।
राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र