काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेल द्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्रीको बैठकबाट बाहिरिएको घटनाप्रति असहमति जनाएको छ ।
पार्टीका प्रवक्ता देवराज चालिसेले वक्तव्य जारी गर्दै प्रधानमन्त्रीको उक्त व्यवहारलाई संसदीय मर्यादा, संवैधानिक परम्परा र संस्थागत गरिमाको अवमूल्यन भएको बताउनु भएकाे छ ।
कांग्रेसका अनुसार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठक राष्ट्रिय महत्वको औपचारिक, उच्चस्तरीय र संवेदनशील कार्यक्रम हो । आफ्नै नेतृत्वको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री बैठकको अन्त्यसम्म उपस्थित नरहनु “अप्रिय सन्देश” भएको पार्टीको निष्कर्ष छ ।
त्यसैगरी, कांग्रेसले प्रधानमन्त्री बालेन शाहको पोशाकबारे संसदभित्र उठेको टिप्पणीप्रति पनि ध्यानाकर्षण गराएको छ ।
राष्ट्रिय पोशाक कानुनी रूपमा अनिवार्य नभए पनि संवैधानिक तथा राष्ट्रिय महत्वका अवसरमा राष्ट्रिय पहिचान, सांस्कृतिक परम्परा र राज्यको प्रतीकात्मक गरिमाप्रति सम्मान प्रकट गर्ने स्थापित अभ्यास रहेको कांग्रेसको भनाइ छ ।
राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र