गुल्मी। यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा गुल्मीबाट छ जनाले चार जीपीए ल्याएका छन् ।
यस जिल्लाका महेन्द्र माध्यमिक विद्यालय तम्घासका अस्मिता पाण्डे, रिडी माध्यमिक विद्यालय रिडीका मर्यादा पौडेल, शारदा माध्यमिक विद्यालय दिब्रुङका रीतिका गौतम, रेन्वो इङ्लिस बोर्डिङ स्कुल वलेटक्सारका आरुषा श्रेष्ठ, खोमराज पन्थ र रेसुङ्गा माध्यमिक विद्यालय तम्घासका दिक्षा पोखरेलले चार जीपीए प्राप्त गर्नुभएको शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका प्रमुख थानेश्वर घिमिरेले जानकारी दिनुभयो।
यस जिल्लाका १५१ विद्यालयबाट एसइईका लागि तीन हजार ५९८ जना विद्यार्थी सहभागी भएका थिए। जसमा साधारणतर्फ तीन हजार ३३९ र प्राविधिकतर्फ २५९ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो। साधारणतर्फ दुई हजार २९३ जना अर्थात ६८ दशमलव ६८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
प्राविधिकतर्फ १८२ जना अर्थात ७० दशमलव २८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन्। साधारणतर्फ एक हजार ४६ र प्राविधिकतर्फ ७६ जना विद्यार्थीको नतिजा अपूर्ण नतिजा आएको छ।
शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका अनुसार साधारणतर्फ ३.६ देखि ४ जीपीए ल्याउने २२१ जना, ३.२ देखि ३.६ जीपीए ल्याउने ४९७ जना, २.८ देखि ३.२ जीपीए ल्याउने ८६४ जना, २.४ देखि २.८ जीपीए ल्याउने ६६२ जना २ देखि २.४ जीपीए ल्याउने ४३ जना रहेका छन्।
प्राविधिकतर्फ ३.६ देखि ४ जीपीए ल्याउने २६ जना, ३.२ देखि ३.६ जीपीए ल्याउने ७१ जना, २.८ देखि ३.२ जीपीए ल्याउने ५७ जना, २.४ देखि २.८ जीपीए ल्याउने २७ जना २ देखि २.४ जीपीए ल्याउने एक जना रहेका छन्।
राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र