काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा संसद बैठक कक्षबाट प्रधानमन्त्री बाहिरिएको घटनाबारे तत्काल स्पष्ट जवाफ दिन माग गरेको छ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकको प्रारम्भमै बोल्दै कांग्रेसकी प्रमुख सचेतक वासना थापाले प्रधानमन्त्री बालेन शाहको उक्त व्यवहार संवैधानिक संस्कार, संसदीय परम्परा तथा लोकतान्त्रिक मर्यादाविपरीत रहेको टिप्पणी गर्नुभयो।
उहाँले राष्ट्रपतिजस्तो गरिमामय संवैधानिक पदले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेको समयमा प्रधानमन्त्री बैठक कक्षबाट बाहिरिनु लोकतान्त्रिक संसदीय इतिहासमै विरलै देखिने घटना भएको बताउनुभयो।
प्रमुख सचेतक थापाले उक्त विषयमा सरकारबाट तत्काल संसदमा स्पष्ट जवाफ आउनुपर्ने माग गर्दै संवैधानिक पदहरूको सम्मान गर्न, संसदीय परम्परालाई कमजोर नबनाउन तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रधानमन्त्रीलाई सचेत गराउनुभयो।
उहाँले भन्नुभयो, “लोकतन्त्रमा पदभन्दा ठूलो मर्यादा र मर्यादाभन्दा ठूलो जनविश्वास हो भन्ने कुरामा ध्यान जान आवश्यक छ।”
साथै, उहाँले सभामुखमार्फत प्रधानमन्त्रीसँग औपचारिक जवाफ माग गर्दै संवैधानिक संस्थाहरूको गरिमा जोगाएर अघि बढ्न सरकारको ध्यानाकर्षण गराउनुभयो।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र