काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारको संसदीय प्रणालीप्रतिको प्रतिबद्धता र निष्ठामाथि शंका उत्पन्न भएको टिप्पणी गर्नुभएको छ।
मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उहाँले जेन–जी विद्रोहपछि गठन भएको वर्तमान सरकारका गतिविधिले संसदीय गरिमा तथा लोकतान्त्रिक मूल्यमान्यतामा चोट पुगेको आरोप लगाउनुभयो।
उहाँले संसद् आह्वान भइसकेपछि एकाएक अधिवेशन स्थगित गरेर सरकारले अध्यादेशमार्फत करिब डेढ सय कानुन संशोधन तथा केही नयाँ कानुन ल्याएको विषयप्रति आपत्ति जनाउनुभयो।
नेता आङ्देम्बेले भन्नुभयो, “संसद्को मुख्य अधिकार र दायित्व मानिने कानुन निर्माण कार्यलाई अध्यादेशमार्फत अघि बढाइनु संसदीय गरिमा र लोकतान्त्रिक मूल्यविपरीत हो। यसले सरकारको संसदीय प्रणालीप्रतिको निष्ठामाथि आम जनमानसमा शंका उत्पन्न गरेको छ।”
उहाँले चालु वर्षे अधिवेशनको सुरुआतसमेत असामान्य परम्पराबाट गरिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो।
त्यस्तै, सरकार जनतासँग प्रत्यक्ष संवादभन्दा सामाजिक सञ्जालमा बढी केन्द्रित भएको आरोप लगाउँदै उहाँले सरकारलाई “सामाजिक सञ्जालमा खोज्नुपर्ने अवस्था” सुखद नभएको टिप्पणी गर्नुभयो।
उहाँले नेपाली कांग्रेस रचनात्मक प्रतिपक्षको भूमिकामा रहेको उल्लेख गर्दै केवल भाषण नभई काम र परिणाममुखी राजनीति आवश्यक रहेको धारणा राख्नुभयो।
साथै, सरकारले जनताप्रति उत्तरदायी भएर लोकतान्त्रिक पद्धतिअनुसार अघि बढ्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो।
राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र