काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलेसं सद् बैठकका क्रममा आफू निदाएको भन्ने सामाजिक सञ्जालमा भाइरल भएको विषयबारे स्पष्टीकरण दिनुभएको छ।
मंगलबार अर्थ समितिको बैठकमा बोल्दै उहाँले बाहिर देखिएको दृश्यलाई मात्र आधार बनाएर निष्कर्षमा नपुग्न आग्रह गर्नुभयो।
अर्थमन्त्री वाग्लेले आफूले टेबुलमुनि फोन हेरेको दृश्यलाई गलत ढंगले व्याख्या गरिएको बताउँदै भन्नुभयो, “मैले टेबुलमुनि फोन हेरिरहेको कुरालाई धेरैले निदाएको भनेर गलत अर्थ लगाए। राष्ट्रपतिज्यूको अगाडि फोन चलाउनु अशोभनीय हुने भएकाले मैले तल राखेर जरुरी सन्देशहरू पढेको थिएँ।”
उहाँले “जे देखिन्छ, त्यो सधैं यथार्थ नहुन पनि सक्छ” भन्ने चेत राख्न सांसदहरूलाई आग्रह गर्दै सामाजिक सञ्जालमा फैलिएका टिप्पणीप्रति असन्तुष्टि व्यक्त गर्नुभयो।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र