काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले प्रतिनिधि सभाको समानुपातिक समावेशी प्रतिनिधित्वलाई आफ्नो दलको निर्वाचन परिणामभन्दा महत्वपूर्ण भएको बताउनुभएको छ ।
सभाको मंगलवारको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । संघीय लोकतान्त्रिक गणतन्त्रअन्तर्गतको संसदमा मधेशी, दलित, महिला तथा पिछडिएका वर्गको इन्द्रेणी प्रतिनिधित्व’ स्थापित हुनु नै ठूलो उपलब्धि भएको उहाँको भनाइ छ । उहाँले निर्वाचन परिणामका हिसाबले आफ्नो दल खुम्चिएको स्वीकार गर्दै जटिल राजनीतिक अवस्थामा निर्वाचनको वातावरण निर्माणमा पार्टीले खेलेको भूमिका महत्वपूर्ण रहेको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘निर्वाचन परणामको हिसाबले निकै खुम्चिएपनि यो निर्वाचनका पक्षमा वातावरण बनाउन हाम्रो दलले खेलेको भुमिका नवनिर्वाचित तपाई मानीय सदस्यहरुलाई अवगत नै छ भन्ने म ठान्दछु । परिणामको दृष्टिले सानो ठूलो जो जेसुकै भएपनि संघीय लोकतान्त्रिक गणतन्त्रअन्तर्गतको यो प्रतिनिधि सभामा मधेशी, दलित, महिला, पिछिडिएका वर्गको प्रतिनिधित्व इन्द्र धनुषी प्रतिनिधित्व मेरो लागि पार्टीको विजयभभन्दा महत्वपूर्ण छ । र महत्वपूर्ण रहिरहने छ । तपाईहरु सबैजसो नयाँ हुनुहुन्छ । आज जस्तो समावेशी र समानुपातिक व्यवस्था हिजो थिएन ।’
उहाँले परिणामको आधारमा सानो–ठूलो दलको मूल्यांकन हुने भएपनि लोकतान्त्रिक गणतन्त्रभित्र समावेशी सहभागिता विस्तार हुनु महत्वपूर्ण विषय भएको बताउनु भयो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र