काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले “वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस्” भन्ने प्रस्ताव संघीय संसद्मा प्रस्तुत गर्नुभएकाे छ ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा उहाँले देशको विकास आवश्यकताका लागि वैकल्पिक वित्तीय स्रोतहरूको परिचालन अत्यावश्यक रहेको उल्लेख गर्दै विधेयकमाथि प्रारम्भिक छलफल अघि बढाउन प्रस्ताव पेस गर्नुभएकाे हाे ।
वाग्लेले विधेयकले सार्वजनिक–निजी साझेदारी, वैदेशिक लगानी, तथा विकास पूर्वाधारका लागि नयाँ वित्तीय संरचना विस्तार गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयाे ।
उहाँका अनुसार परम्परागत बजेट प्रणाली मात्रले दीर्घकालीन विकास लक्ष्य पूरा गर्न कठिन हुने भएकाले वैकल्पिक वित्तीय उपकरणहरूको प्रयोगमार्फत विकास परियोजनामा गति दिनुपर्ने आवश्यकता छ।
संसद्मा प्रस्ताव प्रस्तुत भएसँगै विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रक्रिया अघि बढ्ने बताइएको छ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र