काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस/रिसवत सम्बन्धी भ्रष्टाचार मुद्दामा सुमित्रा कुमारी घिमिरे पुञ्जासैनीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार विशेष अदालतमा दर्ता भएको मुद्दा नं. ०८८१ सीआर -०११८ मा नेपाल सरकार वादी र चन्द्रबहादुर अधिकारी प्रतिवादी रहेको भ्रष्टाचार मुद्दाको अनुसन्धान क्रममा सरकारी साक्षीका रूपमा प्रस्तुत भएकी पुञ्जासैनीले अनुसन्धान अधिकृत समक्ष दिएको बयान विपरीत अदालतमा बयान दिएको पाइएको हो।
अनुसन्धानका क्रममा प्रतिवादी चन्द्रबहादुर अधिकारीले घुस/रिसवत बापत दिएको रकमको चेक “कसमेटिक एण्ड फेसन” नामक संस्थाको नाममा काटिएको र उक्त संस्थाकी सञ्चालक समेत रहेकी पुञ्जासैनीलाई दिइएको खुलेको आयोगले जनाएको छ। सो चेक उनले बैंकमा सटहीका लागि पेस गरे पनि पछि सटही हुन नसकेपछि फिर्ता दिएको विवरणसमेत अनुसन्धानबाट देखिएको आयोगको दाबी छ।
आयोगले उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अनुसारको कसुर भएको ठहर गर्दै ५० लाख रुपैयाँ बिगो कायम गरी सोही बराबर जरिवाना र कानुनी सजायको मागदाबी गरेको छ।
उक्त कार्यले घुस/रिसवत लिन–दिनमा सहयोग पु¥याएको र भ्रष्टाचारको प्रक्रियामा संलग्नता पुष्टि भएको आधारमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।
आयोगका प्रवक्ता सुुरेश न्यौपानेका अनुसार मुद्दा थप कानुनी प्रक्रिया अघि बढाउन विशेष अदालतमा पेश गरिएको हो।
यससँगै भ्रष्टाचार नियन्त्रण र अनुसन्धान प्रक्रियामा सरकारी साक्षीको भूमिका, बयानको विश्वसनीयता तथा आर्थिक कारोबारका प्रमाणहरूको महत्वबारे पनि मुद्दाले चर्चा पाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले मुद्दालाई थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि अगाडि बढाएको छ भने विशेष अदालत काठमाडौं मा सुनुवाइ अघि बढ्ने भएको छ।








राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र