काठमाडौं । उत्तम अधिकारीको निर्देशनमा निर्माण हुनलागेको वेबसिरिज ‘मायादेवी’को शुभमुहूर्त गरिएको छ । मंगलबार काठमाडौंको महादेव मन्दिरमा आयोजित कार्यक्रममा पत्रकार, कलाकार तथा निर्माण टिमको उपस्थितिमा सिरिजको औपचारिक मुहूर्त गरिएको हो ।
‘सत्य र पीडाको एक रंग’ स्लोगन राखिएको सिरिजले गम्भीर तथा यथार्थपरक कथावस्तु उठाउने निर्देशक अधिकारीले बताउनुभयो । उहाँका अनुसार नेपाली वेब सिरिजको बजारमा ‘मायादेवी’ले फरक पहिचान स्थापित गर्ने अपेक्षा गरिएको छ ।
सिरिजमा रवि गिरी, उत्तम केसी, दिया जिसी, गोविन्द थापा, कर्मा लामा, रामहरि खड्का, देव महर्जन, निर्मल लम्साल, सरिता भण्डारी, सुशीला थापा, गुणाकर अधिकारी, अर्जुन साह, प्रवन भुसाल, मना महर्जन, विजय लामा, सानुमाया लगायतका स्थापित तथा नयाँ कलाकारहरूको अभिनय रहने निर्माणपक्षले जनाएको छ ।
सिल्भर बुल्फ मिडिया र यादबिका एण्ड रियासा फिल्मको संयुक्त प्रस्तुतिमा निर्माण हुनलागेको सिरिजमा चक्रबहादुर बरालको छायांकन तथा सन्तोष के.श्रेष्ठको सम्पादन रहने जनाइएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…