काठमाडौं । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले नेपाली लोककला, संस्कृति तथा दोहोरी गीतको क्षेत्रमा पछिल्लो समय अश्लीलता र विकृति बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ । संस्थाले सामाजिक मर्यादा र सांस्कृतिक मूल्यविरुद्धका सामग्री तथा प्रस्तुति नियन्त्रण गर्न सरकारसँग माग गरेको छ ।
संस्थाका अध्यक्ष चन्द्रमणि गौतमको अध्यक्षतामा बसेको बैठकले डिजिटल माध्यम तथा मेला-महोत्सवहरूमा प्रस्तुत गरिने कतिपय सामग्रीले नेपाली लोक संस्कृतिको मौलिकता, गरिमा र सभ्यतालाई कमजोर बनाएको निष्कर्ष निकालेको जनाएको छ ।
बैठकपछि जारी विज्ञप्तिमा सामाजिक मर्यादामा खलल पुर्याउने कलाकार र सामग्रीमाथि प्रचलित कानुनअनुसार कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ । संस्थाले पछिल्लो समय सार्वजनिक भएका केही दोहोरी प्रस्तुति र सांस्कृतिक कार्यक्रमलाई उदाहरणका रूपमा उल्लेख गर्दै ती सामग्रीमाथि छानबिन गर्न आग्रह गरेको छ । प्रकाश अधिकारीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको एक दोहोरी गीतमा प्रकाश अधिकारी र कोपिला छिनालले प्रयोग गरेका शब्द, हाउभाउ र प्रस्तुति दोहोरीको मर्म, संस्कार र सभ्यताविपरीत रहेको संस्थाको ठहर छ । विज्ञप्तिमा उक्त सामग्री सस्तो लोकप्रियता र आम्दानीमुखी उद्देश्यले तयार गरिएको आरोपसमेत लगाइएको छ ।
त्यसैगरी, गुल्मीमा आयोजित एक महोत्सवमा गायिका ज्योति मगरले प्रस्तुत गरेको स्टेज प्रदर्शन सामाजिक मर्यादाविपरीत रहेको जनाउँदै संस्थाले आपत्ति जनाएको छ । एक धार्मिक स्थलमा मोडल रिया खड्काले गरेको नृत्य प्रस्तुति पनि धार्मिक तथा सांस्कृतिक आस्थामाथि चोट पुर्याउने खालको रहेको संस्थाको भनाइ छ ।
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले यस्ता गतिविधिमा संलग्न कलाकार तथा सम्बन्धित पक्षमाथि कानुनी कारबाही गर्न माग गर्दै विज्ञप्तिको बोधार्थ गृहमन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा साइबर ब्युरोलाई पठाएको जनाएको छ । संस्थाका सचिव कमल सरगमद्वारा जारी विज्ञप्तिमा सम्पूर्ण लोक तथा दोहोरी कलाकार, सर्जक र प्रस्तोताहरूलाई सामाजिक उत्तरदायित्वबोधसहित सिर्जनामा मर्यादा कायम गर्न आग्रह गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘लोकसंस्कृति नेपाली समाजको पहिचान र गौरव हो । यसलाई संरक्षण गर्दै स्वस्थ, सभ्य र सुसंस्कृत सामग्री मात्र सार्वजनिक गर्न सम्पूर्ण कलाकार तथा सर्जकहरू जिम्मेवार बन्नुपर्छ ।’







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र