भोजपुर । भोजपुर बजार र आसपासका १० वटा मासु पसलहरूको अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय भोजपुर र घरेलु तथा साना उद्योग कार्यालय टक्सारको समन्वयमा मंगलबार उक्त अनुगमन गरिएको हो।
अनुगमनका क्रममा मासु पसलहरूको सरसफाइ, पसल दर्ता, नवीकरण, मूल्यसूची तथा न्यूनतम मापदण्ड पालना भए–नभएको विषयमा निरीक्षण गरिएको घरेलु तथा साना उद्योग कार्यालय भोजपुरका प्रमुख उद्योग अधिकृत दुर्गा प्रसाद सुवेदीले जानकारी दिनुभयो।
उहाँका अनुसार अनुगमन टोलीले अस्वच्छ मासु बिक्री नगर्न, बिक्रीका लागि राखिएका मासुहरू छुट्टाछुट्टै राख्न तथा स्वच्छता कायम गर्न व्यवसायीहरूलाई सचेत गराएको छ।
अनुगमन टोलीले सबै मासु पसल सञ्चालकहरूलाई नियमअनुसार व्यवसाय सञ्चालन गर्न सुझाव दिएको छ। साथै दिइएका निर्देशनहरू पालना नगरे आगामी दिनमा कानुनअनुसार कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
भेटेरेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भोजपुरका प्रमुख पुष्पराज दाहालका अनुसार बजारमा स्वस्थकर मासुको उपलब्धता सुनिश्चित गर्न र उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर अनुगमन गरिएको हो।
अनुगमन गरिएका पसलहरूमा विजय पोल्ट्री फर्म एण्ड फ्रेस हाउस, सरिता फ्रेस हाउस, डम्बर मासु पसल, तामाङ मासु पसल, नमुना फ्रेस हाउस, पाण्डे फ्रेस हाउस, समीक्षा मासु पसल, प्रविशा फ्रेस हाउस, अर्जुन मासु पसल लगायत रहेका छन्।
अनुगमनमा जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, पशु सेवा विज्ञ केन्द्र, प्रहरी, पत्रकार तथा उद्योग वाणिज्य संघका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र