आएल पानी गेल पानीबाट हि बिलाएल पानी
करनी र कथनीको ताल नमिल्नु भनेको ढंग नपुग्नुमात्र होइन काम गर्ने संकल्पशक्तिभन्दा लहड र रहरका भरमा आरम्भ गरिएको लहड या र्यापगानजस्तै जेलाई पनि गीतका भाकामा लगेर लेघ्रो तानेर कुनै गम्भीर चिन्तनभन्दा छिचरो हलुका विज्ञापनमा रमाउने प्रवृत्तिका मान्छेलाई सम्मोहित गर्ने जादुगरीजस्तै राज्यसत्ता सञ्चालन गर्ने स्वप्न बोकेको द्योतनमात्र हुन् हालका प्रधानमन्त्रीका क्रियाकलाप भन्ने योजनाविद् र विकास विशेषज्ञको अवधारणा रहेको देखिन्छ । हाम्रा देशमा पनि एउटा विचित्रको संयोग मिलेको देख्छु । २००७ सालमा नेपाली विश्वबिरादरीका समान वृत्तमा उभिन पाएका थिए । त्यसयता दुवै छिमेकी देशले विकास गरेर आफ्ना देशलाई सर्वसुविधासम्पन्न मुलुकमा उकालिसक्दा पनि हामी सामान्यभन्दा पनि सामान्य कुरामा तँछाडमछाड गरिरहेका छौं ।
लाज, घीन र शर्मविहीन भएर पनि हामी सुरुवाल लाउन भने छाड्दैनौं । हामीलाई दम्भ देखाउन, सत्तामोहका कारणले आफू बसेकै घरका छानामा आगो लाउनमात्र लाज नलाग्ने होइन लाटाले पनि बुझ्ने गरी सधैंका लागि आफूलाई सर्वसत्ता अरूलाई कालापानीको दण्ड गर्न पनि हामी पछि पर्दैनौं । प्रजातन्त्रमा सर्वोच्चले निर्णय दिएपछि पनि केटाकेटीले खेल्दाखेल्दै लाज लाग्ने कुरा देखाएर खाइस् म मान्दिन तेरा कुरा भनेजस्तो गरी काम्लामा सातु मुछ्ने उद्योग गर्दछौं । अनि हामी रातारात धनी हुनका लागि छट्टु स्यालका आँखा छल्ने नियतले कुखुराका चल्ला या बाख्राका पाठा छोप्छौं स्यालले सजिलो गरी डोको हटाएर चल्ला पाठाको घिच्रो निमोठ्न सक्छ भन्नेतिर ध्यान दिँदैनौं ।
२०४६ सालमा जनआन्दोलन गरेर निर्दलीय नामको राजाको मनपरितन्त्रको शासनको जालो कांग्रेस र एमाले भएर च्यातेका हुनाले तिनैलाई पहिलो र दोस्रो बनाएर हामीले देश सुम्पियौं । अर्काथरी हिंस्रक जत्थालाई फेरि लगभग दुईतिहाइ जस्तै गरी सत्तामा विराजमान गरायौं तर त्यस जत्थाले देश र जनतालाई नराम्रोसँग लुटेर मुक्ति टावर बनाएको पनि त हामीले देखेकै हौं ।
लब्धप्रतिष्ठित विद्वान् मनप्रसाद वाग्लेले भनेको कुरो ‘दुई करोड दिन्छौ भने त्रिविको उपकुलपति बनाउँछौं’ भनेर अहिलेको अतिलोकप्रिय सरकारले भनेको कुरो आएको छ । हिजो राष्ट्रिय सपूत र राष्ट्रिय भाउजूले छ/सात करोड मागेको सुनेका शिक्षामन्त्री या प्रधानमन्त्री या कुखुरा खान पल्केका त्यस दलका दलनायक कसले भनेका हुन् कुरो त सिकोकै गरेछन् नि । हिजोकाले पनि गौरव किन नगर्ने ? यिनले पनि त त्यही गोहो समातेको देखेर । नेपाल गए कपालसँगै बर्मा गए कर्मसँगै भन्ने नेपाली उखान नेपाली मतदाताका ललाटफलकबाट हटाउन भने बीपी, गणेशमान्, सुवर्णशमशेर जस्ताले सकेनन् भने सुर्के लहडीले विकास निर्माणको लहर ल्याएर देशलाई विकसित र जनतालाई समृद्ध बनाउलान् भन्नु भनेको दुर्योधनले शल्यलाई सेनापति बनाएर अर्जुनलाई जित्ने कल्पना गरेको जस्तै लाग्छ :-
‘भीष्म, द्रोण र कर्ण आदि बलवान् उस्ता महावीरको ।
पत्ता केही चलेन ती सब गए प्रत्यक्ष नै देखियो ।।
जाबो शल्य गएर पाण्डुसुतको संहार गर्ला भनी ।
लागेकै छ मलाई हा ! बलवती आशा अहो तैपनि ।।
कुरो सही हो भनेर अब हामीजस्ता गिदीबोसे मतदाताले कहिले बुझौंला ? हाम्रो चरित्र कति गतिलो छ हेरौं त २०१५ सालमा २००७ सालको विजेता नेपाली कांग्रेसलाई दुईतिहाइ दियौं तर राजाका अनुहारका बाघले प्रजातन्त्र रूप दूधमुखे बाच्छीको घिच्रो निमोठिदियो । हामी बाघ र हुँडारकै गुणगान गाएर आरती गर्न लाग्यौं । २०४६ सालमा जनआन्दोलन गरेर निर्दलीय नामको राजाको मनपरितन्त्रको शासनको जालो कांग्रेस र एमाले भएर च्यातेका हुनाले तिनैलाई पहिलो र दोस्रो बनाएर हामीले देश सुम्पियौं । अर्काथरी हिंस्रक जत्थालाई फेरि लगभग दुईतिहाइ जस्तै गरी सत्तामा विराजमान गरायौं तर लुटेर खान पल्केको त्यस जत्थाले देश र जनतालाई नराम्रोसँग लुटेर मुक्ति टावर बनाएको पनि त हामीले देखेकै हौं ।
अहिले चुपचाप घण्टी छापलाई हालौं मतको सुर्को भनेर आठौं आश्चर्य सृजना गरेकै हौं । राडीमा सातु नमुछ्नु मुछेपछि खान नघिनाउनु भन्ने उखानलाई बिर्सेर हामी आजको तुलबुले चरित्र देखेर घीन मान्न लागेका छौं । राष्ट्रपति आफैंले टेबुल गरेको नीति तथा कार्यक्रम पढ्दापढ्दै लफंगो विद्यार्थी कक्षा कोठाबाट शिक्षकलाई अवमूल्यन गरेर बाहिर निक्लेका शैलीमा देशका प्रधानमन्त्री संसद्बाट बाहिरिनु शोभनीय नमान्न मिल्ला ? भोट त एक सुरले हामीले नै हालेका होइनाँं र ? सोच्नोस् ‘केही दुःख थियो परन्तु त्यसमा स्वीकार आफ्नै थियो’ भनेर राष्ट्रकविले कत्रो गहिरो कुरो गरेका रहेछन् भनेर सोच्नलाग्ने बित्तिकै खशेपुको ‘तँ बाहुन म बाहुन, घरका पैसा कतै नजाउन्’ भन्ने उखान चरितार्थ गरेका कुराको स्मरण भएको हुनाले डा.सुनील शर्मा जस्ता परोपकारीलाई समेत काम नलाग्ने टालो बनाएर पुरुषार्थ देखाउने हामीले लाजको पोकालाई कुन दुलामा लगेर लुकाउने ?
शेरबहादुरका फर्मुला घोकेर लुइँटेल हराएर पोखरेल जिताउने बहादुर रामहरि जस्ता कांग्रेसका अग्रगन्य कसिंगर हुन् ? म यसपटक ओखल्ढुंगाका छहरे, दियाले, पाखे, रुम्जाटार, सेर्ना, रातमाटे, कालीमाटी जस्ता गाउँका केही इष्टमित्रसँग संगत गरेर भर्खरै फर्कें । गिदीबोसे हामीले के निर्णय दिने ? वनको राजा बाघ पनि सात कदम हिँडेपछि पछिल्तिर फर्केर हेर्छ र मात्रै अघि बढ्छ भन्ने ज्ञान हाम्रा नेतालाई कहिल्यै भएन । म गिदीबोसे बन्दा मैले नै दुःख पाउनसक्छु तर देश चलाउने भूमिकामा पुगेको मान्छे गिदीबोसे र लहड र रहरमा धतुलाउने पर्यो भने देश र जनताले दुःख पाउँछन् जो अक्षम्य हुन्छ भनेर विज्ञले मानेका हुन्छन् ः ‘धुवाँएर नजिकका जनहरूलाई पिरोल्ने भए, देखाएर छटा भसक्कहुनु नै कल्याण हो मित्र ए !’
आमा तपाईंलाई त बोक्सी भन्छन्
लोकको स्वभावै हो जस्तो देखिन्छ त्यस्तै हो भनेर मान्ने । अब ओखल्ढुंगगामा मजस्ता मतदाता हुने हो भने रामहरि जस्ताले राजनीति गर्न आकाशको फल आँखा तरी मर हुनेथियो तर म त्यहाँको मतदाता हुइँन छुइँन । यस प्रकारका काम गर्नेजतिलाई अबका मतदाताले लोप्पा खुवाउन तयार रहने हो भने नेपालको राजनीतिमा र नेपाली राजनीतिकर्मीका मनमा रहेको तुस चाँडै पखालिएर सफा हुनेथियो भन्ने पनि लाग्छ मलाई । यस्ता घटना धेरैतिर भएको समाचार चुनावका बेला प्रकाशित भएका पनि थिए । कांग्रेसको जरा अभियानले यस प्रकारका ढुँडी कीरा मारेर वातावरण शुद्ध सफा गर्ला कि भन्ने मलाई लागेको थियो तर दल मिलाउने नाममा फेरि पनि तिनै हुँडार धुताहालाई मनोन्वयन गरेर वर्तमानका ऊर्जावान् मानिएका नेका सभापतिले आफ्ना डेगमा नै गबारेकिरालाई ठाउँ दिएको देख्नथालेको छु म ।
चौथो योग्यताको मान्छेलाई सर्वोच्चको प्रधानन्यायाधीश बनाउनु, उपकुलपति तोक्न दुई करोडको दरभाउ बसाउनु, बोलाएको संसद् बन्द गरेर अध्यादेशबाट शासन गर्न खोज्नु, डोजर आतंक मच्चाएर सुकुम्बासीलाई रुवाएर हुकुम्बासी थर्काउन खोज्नु, हुकुम्बासीका अवैध घर भत्काउने निहुँमा विद्यालय भत्काउनु सबै पूर्ववर्तीमार्गको अनुकरण हो ।
हो केही सच्चरित्रका मान्छे सधैं पूज्य हुन्छन् । त्यस्तालाई सधैं स्तवन र पूजन गर्नु पनि पर्छ तर सन्तुलन र मेलका नाममा जुत्ता पूजा गर्ने भरतशैली भने सधैं त्याज्य र तुच्छ ठानिन्छ भन्ने पनि बुझ्नु आवश्यक छ । लोकमा सन्तानका लागि बाबुआमाभन्दा प्रिय अरू हुँदैनन् तर पनि तिनको प्राणान्त भएपछि आफ्नै हातले दागबत्ती दिनैपर्छ । चैतका खेतमा भदौरे बन्सो काट्छु भनेर पाइँदैन । चैतका खेतका गरामा पाइँने घुँडेदुबो भदौमा हुँदैन । भदौ बन्साकै हो । समय एव करोति बलाबलम् भन्ने शाश्वत् चिन्तन पनि नबुझ्नेले लोकरञ्जन गर्न सक्दैन । लोकरञ्जन भनेको राजनीति हो । केही वादविवाद हुँदाहुँदै पनि भारतीय प्रधानमन्त्री राजनीतिक चरित्र प्रदर्शन गर्न धुरीण देखिएका छन् ।
नेपालमा बीपीबाहेक अर्को त्यस्तो जनप्रिय राजाको अप्रिय नेता नै आजसम्म देशले पाएन । देश र जनताको हित गर्ने जहिले पनि राजाको लागि कण्टक हुन्छ, राजाको प्रिय चाहिँ जनताका लागि काउछो हुन्छ । यस प्रकारको विपरीत अवस्था झेल्दा आत्मसंयम, लोकका दुःखलाई आफ्नो दुःख सम्झने, देशलाई घर अनि जनतालाई नै आफ्नो परमपूज्य र आराध्य मान्ने शिवसंकल्पले वास गरेको मनस्वीले मात्रै यस्ता कर्म गर्न सक्छन् । पौराणिक कालमा राजा जनक, राजा पृथु यस प्रकारका थिए भने नेपालका राजामा पृथ्वीनारायण शाह र भीमसेन थापा, भक्ति थापा, अमरसिंह थापा, दामोदर पाण्डे, विश्वेश्वरप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी सुशील कोइराला यस्ता स्वनामधन्य व्यक्ति हुन् जो रामादिवत् प्रवर्तीत भएन कि रावणादिवत् ।
रहु तेना रहए बाप दादा जेना
मैथिली लोकले भन्छ जसरी बाहजुर्बा बसेका थिए त्यसरी बस नत्र तिमी कुलको कलंककमा दरिन्छौ । पितापुर्खाका यशलाई अघि बढाउनसके राम्रो नसके त्यसमा दाग लाग्न नदिनु पनि उत्तम नै हो । तर, हाम्रा देशमा त पितापुर्खाले कमाएको यसका पर्वतलाई डोजर लाएर भत्काउने प्रचेष्टा गरियो । कहिले परिस्थिति अनुकूल हुँदा क्रान्तिकारी देखिएर कहिले परिस्थिति प्रतिकूल बन्दैगएपछि शत्रुका शरण परेर आफ्ना विश्वासका साथीसँगाती छोडेर पनि टाउको उठाउन लाज नमानेको पनि देखियो । यस प्रकारका चरित्रले मूल्य स्थापना गर्दैन झनै भत्काउँछ र आफूलाई पनि निन्दाका गहिरा खाडलमा धकेलिदिन्छ ‘क्षुद्रंं हृदय दौर्बल्यं त्यक्त्तोत्तिष्ठ परंतपः’ भनेर श्रीकृष्णले अर्जुनलाई यत्तिकै आफ्नो ठूल्याइँ देखाउन मात्र भनेका थिएनन् ।
गान्धीले एउटा गालामा हिर्काए अर्को गालो पनि थापिदेऊ भनेर मापसेका सुरमा भनेका थिएनन् । रावण बन्न नचाहँदा नचाहँदै मान्छे त्यसभन्दा पनि गुणहीन पात्र बन्छ । खशेपु यसका राम्रा नमुना हुन् भन्ने मलाई लाग्छ । अबका यस्तै नमुना बन्न घण्टबहादुर तम्तयार हुनलागेका देखिन्छन् । चौथो योग्यताको मान्छेलाई सर्वोच्चको प्रधानन्यायाधीश बनाउनु, उपकुलपति तोक्न दुई करोडको दरभाउ बसाउनु, बोलाएको संसद् बन्द गरेर अध्यादेशबाट शासन गर्न खोज्नु, डोजर आतंक मच्चाएर सुकुम्बासीलाई रुवाएर हुकुम्बासी थर्काउन खोज्नु, हुकुम्बासीका अवैध घर भत्काउने निहुँमा विद्यालय भत्काउनु सबै खशेपुमार्गको अनुकरण हो । जय मजस्ता मतदाताको ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र