काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लले स्कटल्याण्डविरुद्धको पछिल्लो खेलमा नेपालको बलिङ र फिल्डिङ पक्ष मजबुत रहे पनि ब्याटिङमा अपेक्षित सुधार हुन नसकेको बताएका छन् ।
खेलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रशिक्षक लले टोलीको प्रदर्शन र आगामी रणनीतिबारे आफ्नो धारणा राखेका हुन् । प्रशिक्षक लकाअनुसार स्कटल्याण्डले प्रश्तुत गरेको योगफल पछ्याउन सकिने प्रकृतिको थियो ।
टोलीको ब्याटिङ पक्षबारे चर्चा गर्दै प्रशिक्षक लले शीर्ष क्रमका ब्याटरहरूले आफ्नो स्वाभाविक खेल खेल्न नसकेको स्वीकार गरे । उनले नेपाल ’छक्का प्रहार गर्ने टोली’ भन्दा पनि ग्यापमा बल प्रहार गरेर छिटो रन लिने टोली भएको उल्लेख गर्दै खेलाडीहरूले अनावश्यक दबाब लिएको बताए । उनले कप्तान रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीको साझेदारीले खेललाई लयमा फर्काउन खोजे पनि लगातार विकेट गुम्दा लक्ष्य भेटाउन कठिन भएको बताए ।
प्रशिक्षक लले युवा खेलाडी गुल्शन झा र अनुभवी बलर करण केसीको प्रदर्शनको उच्च प्रशंसा गरे। गुल्शनले ब्याटिङमार्फत खेललाई अन्तिम समयसम्म रोमान्चक बनाएको र उनको बलिङमा पनि उल्लेखनीय सुधार आएको उनले बताए। त्यस्तै, नयाँ बल र डेथ ओभर दुवैमा करण केसीले उत्कृष्ट बलिङ गरेको र उनी प्रत्येक सिरिजसँगै अझ परिष्कृत हुँदै गएको प्रशिक्षकको भनाइ थियो। उनले सन्दीप लामिछाने र ललित राजवंशीको बलिङ प्रदर्शनमा पनि सन्तुष्टि व्यक्त गरे ।
ब्याटिङमा देखिएको समस्यालाई लिएर आफू धेरै चिन्तित नभएको तर यसलाई सुधार्नुपर्नेमा उनले जोड दिए ।
नेपाली टोलीले अबका केही दिन आराम र समीक्षामा बिताउने र अमेरिकाविरुद्धको आगामी खेलका लागि नयाँ ऊर्जाका साथ मैदानमा उत्रने प्रशिक्षक लले बताए। स्कटल्याण्ड जस्तो बलियो टोलीलाई पराजित गर्न आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्नुको विकल्प नरहेको उनको निष्कर्ष थियो ।






राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र