काठमाडौं । नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापा बादलेले आफ्नो संलग्नताले एमाले झन् सुदृढ र सशक्त बन्ने दाबी गर्नुभएको छ।
मंगलबार संघीय संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पार्टीको भविष्यलाई लिएर भइरहेका नकारात्मक टिप्पणीहरूको प्रतिवाद गर्नुभयो। अध्यक्ष केपी शर्मा ओली र आफ्नो भूमिकाका कारण एमाले कमजोर भएको भन्ने आरोप अस्वीकार गर्दै उहाँले भन्नुभयो, “मेरो कारणले गर्दा एमाले झन् उठ्छ, सखाप हुने होइन। एमाले अझै बलियो बन्छ।”
उहाँले एमालेको भविष्यबारे गरिएका आलोचनामा कुनै सत्यता नरहेको जिकिर गर्नुभयो।
यसअघि प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै नेता बादलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि पनि तीव्र टिप्पणी गर्नुभएको थियो। उहाँले रास्वपालाई “अराजक जमातहरूको अस्थायी गठजोड” को संज्ञा दिँदै त्यसमा सुसंगत र वैज्ञानिक विचारधारा नभएको आरोप लगाउनुभयो।
उहाँका अनुसार रास्वपा राजनीतिक रूपमा लोकप्रियतावाद र दार्शनिक रूपमा सारसंग्रहवादको कमजोर आधारमा उभिएको दल हो। बाहिरबाट आकर्षक र लोकप्रिय देखिए पनि सारमा मुलुकका लागि घातक बन्न सक्ने उहाँको टिप्पणी थियो।




राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र