काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले इजिएन नामक आतङ्कवादी संगठनको नाम प्रयोग गरी धम्की दिएको आरोपमा तीन जनाविरुद्ध अभियोग दायर गरेको छ।
परिसरका अनुसार प्रतिवादी प्रदीप अधिकारीको निर्देशन र मिलेमतोमा प्रकाश पाठक तथा तारा प्रसाद खरेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई पत्र, ह्यट्स एपमा नम्बर तथा भिडियोमार्फत राजीनामा नदिए ज्यान लिने धम्की दिएका थिए।
प्रहरीले उनीहरूले संगठित रूपमा आपराधिक लाभ लिन, विद्युतीय (इलेक्ट्रोनिक) कारोबार गर्न नहुने कार्य गर्न तथा आपराधिक बदनियतले गतिविधि गरेको अनुसन्धानबाट खुलेको जनाएको छ। सोही आधारमा काठमाडौं जिल्ला अदालतमा अभियोग दायर गरिएको हो।
अभियुक्तमध्ये काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–१ स्थायी घर भई फिलिपिन्समा बस्दै आएका ३४ वर्षीय प्रकाश पाठक, चितवनको देउखुरी नगरपालिका–४ स्थायी घर भई हाल ललितपुर महानगरपालिका–१५ मा बस्ने ५६ वर्षीय प्रदीप अधिकारी तथा रुपन्देहीको बुटवल उपमहानगरपालिका–२ स्थायी घर भएका ५८ वर्षीय तारा प्रसाद खरेल रहेका छन्।
प्रहरीले प्रतिवादीहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत आपराधिक बदनियत गर्न नहुने, आपराधिक लाभ लिन नहुने तथा विद्युतीय कारोबार गर्न नहुने कसुरमा सजाय मागदाबी गरिएको जनाएको छ।
राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र