काठमाडौं । नेपालको निर्जीवन बीमा क्षेत्रमा स्थापित तथा पुरानो कम्पनीमध्ये एक नेपाल इन्स्योरेन्स कम्पनीलाई ‘बेष्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी २०२६’ अवार्ड प्रदान गरिएको छ । न्यु बिजनेस एज लिमिटेडले काठमाडौंमा आयोजना गरेको १० औं संस्करणको ‘न्युबिज कन्क्लेभ एण्ड बिजनेस एक्सिलेन्स अवार्डस् २०२६’ समारोहमा कम्पनी उक्त सम्मानबाट सम्मानित भएको हो । बीमा क्षेत्रमा प्रभावकारी व्यवस्थापन, संस्थागत सुशासन, वित्तीय स्थायित्व, ग्राहक–केन्द्रित सेवा तथा व्यावसायिक उत्कृष्टताका आधारमा नेपाल इन्स्योरेन्सलाई अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।
कम्पनीले पछिल्लो समय दाबी भुक्तानी प्रक्रियामा सुधार, डिजिटल प्रविधि प्रयोग, सेवा विस्तार तथा ग्राहक विश्वासलाई प्राथमिकतामा राख्दै आफ्नो व्यवसाय विस्तार गर्दै आएको जनाएको छ । निर्जीवन बीमा क्षेत्रमा लामो अनुभव र विश्वसनीय सेवाका कारण कम्पनीले बजारमा बलियो पहिचान बनाएको दाबी पनि गरेको छ ।
कम्पनीका अनुसार उक्त सम्मानले कम्पनीको पारदर्शी व्यवस्थापन प्रणाली, जोखिम व्यवस्थापन क्षमता तथा दीर्घकालीन व्यावसायिक दृष्टिकोण थप पुष्टी गरेको छ । साथै आगामी दिनमा अझ गुणस्तरीय सेवा प्रवाह गर्दै बीमा क्षेत्रमा नवीन योजना र आधुनिक सेवा विस्तारमा केन्द्रित रहने कम्पनीले जनाएको छ । कार्यक्रममा लाइफटाइम एचिभमेन्ट अवार्डसहित विभिन्न १० वटा विधामा सम्मान प्रदान गरिएको थियो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र