काठमाडौं । रोयल इन्फिल्डले आफ्नो नयाँ अर्वान परफरमेन्स रोडस्टेर गरिल्ला ४५० नेपालमा सार्वजनिक गरेको छ । दैनिक शहर यात्रा, घुमाउरा सडक तथा लामो दूरीका राइडलाई लक्षित गर्दै तयार गरिएको उक्त मोटरसाइकलले रोडस्टर सेग्मेन्टमा नयाँ अनुभव दिने कम्पनीले जनाएको छ ।
गरिल्ला ४५० तीन भेरियन्ट तथा आठ विभिन्न कलरहरुमा उपलब्ध रहेको छ । रोयल इनफिल्डका सार्क बिजनेस हेड दिपक काकरले नेपालमा गरिल्ला ४५० सार्वजनिक हुनु कम्पनीका लागि महत्वपूर्ण उपलब्धि भएको बताउँदै भन्नुभयो, ‘१२५ वर्षको प्योर मोटरसाइक्लिङ यात्रा मनाइरहेका बेला नेपालमा गरिल्ला ४५० सार्वजनिक गर्नु हाम्रो लागि उत्साहजनक कदम हो । यो मोटरसाइकल विशेषगरी नेपालको सडकका लागि बनाइएको हो, चुस्त, सहज र दमदार ।
नेपाली युवा र स्पोर्टी राइडिङ मनपराउने ग्राहकका लागि यो उत्कृष्ट विकल्प बन्नेमा हामी विश्वस्त छौं ।’ भेरियन्ट विभिन्न भेरियन्टको मूल्य आठ लाख ९९ हजार रुपैयाँ रहेको छ । हाइवे सबै प्रकारका सडकमा सहज परफर्मेन्स दिने गरिल्ला ६-स्पिड गियरबक्स, एसिस्ट तथा तथा स्पिल क्लच, राइड-बाइ-वायर प्रविधि तथा ‘स्पोर्ट’ र ‘स्ट्रिट’ गरी दुई राइडिङ मोड उपलब्ध छन् भने ११ लिटर इन्धन ट्यांकी कम्पनीले जनाएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र