काठमाडौ । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्राण्ड एथर इनर्जी नेपालले जनकपुरमा आफ्नो नयाँ एथर इक्पेरियन्स सेन्टर उद्घाटन गरेको छ । उक्त नयाँ सेन्टरसँगै कम्पनीले देशभर आफ्नो उपस्थिति अझ सशक्त बनाउँदै नेपालमा विद्युतीय सवारीको विस्तारलाई तीव्र गति दिने प्रतिबद्धता पुनः व्यक्त गरेको छ ।
जनकपुरको मिल्स एरियामा अवस्थित नयाँ सेन्टर उद्घाटन एथर नेपालको नेपालभर उच्च-प्रदर्शनयुक्त तथा दिगो मोबिलिटी समाधानलाई ग्राहकसम्म अझ नजिक पुर्याउने यात्राको अर्को महत्त्वपूर्ण उपलब्धि भएको कम्पनीले जनाएको छ ।
जनकपुरमा नयाँ इक्पेरियन्स सेन्टर सञ्चालनसँगै एथर नेपालका अब देशभर १० वटा सेन्टर पुगेका छन् । जसमा काठमाडौं उपत्यकाभित्र पाँचवटा तथा पोखरा, चितवन, इटहरी र बुटवलमा रहेका शाखाहरू समावेश छन् ।
साथै ग्राहकलाई सहज तथा भरपर्दो बिक्रीपछिको सेवा प्रदान गर्न कम्पनीले देशभर नौवटा अथोराइज्ड सर्भिस सेन्टर पनि सञ्चालन गरिरहेको छ । एथरले नेपालकै दुर्ईपांग्रे इभी क्षेत्रमा सबैभन्दा लामो आठ वर्षसम्मको विस्तारित ब्याट्री वारेन्टी पनि उपलब्ध गराउँदै आएको छ ।
सेन्टर उद्घाटनका अवसरमा ग्राहकका लागि जेठ ४ गते अफर पनि उपलब्ध गराइएको छ । विशेष योजनाअन्तर्गत एथरले विस्तारित ब्याट्री वारेन्टी, आकर्षक शून्य ब्याजदरमा फाइनान्स सुविधा तथा अतिरिक्त एक्सचेञ्ज भ्यालुएसन सुविधा प्रदान गरिरहेको जनाएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र