काठमाडाैं । हिन्दु धर्मशास्त्रमा हप्ताका सातै दिनलाई कुनै न कुनै देवी–देवतासँग जोडेर हेरिन्छ। त्यसैले धेरैजसो श्रद्धालुहरूले आफ्नो आस्था अनुसार विशेष दिन रोजेर पूजा, व्रत र उपवास गर्ने परम्परा निभाउँदै आएका छन् । तीमध्ये बुधबारलाई विशेष महत्व दिइन्छ, किनकि यो दिन ‘बुध ग्रह’ तथा भगवान विष्णुको कृष्ण अवतारसँग सम्बन्धित मानिन्छ ।
धार्मिक मान्यता अनुसार बुधबार बुद्धि, वाणी, व्यापार, समृद्धि र शुभताको प्रतीक हो। यही कारणले नयाँ कामको सुरुवात, व्यापार आरम्भ, सम्झौता वा शुभ कार्यका लागि बुधबारलाई अत्यन्त शुभ दिन मानिन्छ। यस दिन भगवान श्रीकृष्ण तथा गणेशको पूजा गर्दा जीवनमा सुख, शान्ति र सफलता प्राप्त हुने विश्वास गरिन्छ ।
विशेषगरी तुलसीको पातले भगवान कृष्णको पूजा गर्दा मनोकामना पूरा हुने धार्मिक विश्वास छ। श्रद्धापूर्वक व्रत बस्ने व्यक्तिले आफूले चाहेको फल प्राप्त गर्ने भनाइ पुराण तथा धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएको पाइन्छ ।
बुधबार यी काम गर्दा जीवनमा समृद्धि आउने विश्वास
- गाईलाई हरियो घाँस खुवाउने
हिन्दु धर्ममा गाईलाई देवी-देवताको स्वरूप मानिन्छ । बुधबार गाईलाई हरियो घाँस खुवाउँदा सम्पूर्ण देवी–देवताहरूको कृपा प्राप्त हुने विश्वास गरिन्छ । यसले घरमा सकारात्मक ऊर्जा र सुख-समृद्धि बढ्ने मान्यता छ । - मुंगको दाल दान गर्ने
बुध ग्रहलाई शान्त बनाउन बुधबार हरियो मुंगको दाल दान गर्नु शुभ मानिन्छ । यसो गर्दा जीवनका दुःख, बाधा र कष्ट कम हुँदै जाने धार्मिक विश्वास छ । - गणेश भगवानलाई सिन्दुर चढाउने
बुधबार भगवान गणेशलाई सिन्दुर अर्पण गर्दा मनले चिताएको पूरा हुने भनाइ विभिन्न धार्मिक ग्रन्थमा उल्लेख गरिएको पाइन्छ । गणेशलाई विघ्नहर्ताको रूपमा पूजा गरिने भएकाले यसले काममा सफलता मिल्ने विश्वास गरिन्छ । - बुध दोष भएकाले लड्डु चढाउने
जसको कुण्डलीमा बुध ग्रह कमजोर वा दोषयुक्त छ, त्यस्ता व्यक्तिले बुधबार गणेश भगवानलाई लड्डु चढाउनु अत्यन्त फलदायी मानिन्छ । यसो गर्दा बुद्धि, व्यापार, शिक्षा र करियरमा सकारात्मक प्रभाव पर्ने धार्मिक मान्यता छ ।
धर्मग्रन्थहरूका अनुसार श्रद्धा, विश्वास र सकारात्मक सोचका साथ गरिएको पूजा-आराधनाले मानिसको जीवनमा आत्मबल, शान्ति र आशा थप्ने विश्वास गरिन्छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र