काठमाडाैं । नियमित यौन सम्बन्धलाई केवल शारीरिक आवश्यकता मात्र नभई स्वस्थ जीवनशैलीको एउटा महत्वपूर्ण पक्षका रूपमा पनि हेरिन्छ । विभिन्न अनुसन्धानहरूले यौन सम्बन्धले दम्पतीबीचको सम्बन्ध बलियो बनाउने मात्र होइन, मानसिक र शारीरिक स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने देखाएका छन् ।
विशेषज्ञहरूका अनुसार स्वस्थ यौन जीवनले सम्बन्धमा विश्वास, आत्मीयता र भावनात्मक सन्तुष्टि बढाउँछ। साथै शरीरलाई सक्रिय राख्दै विभिन्न स्वास्थ्य लाभ पनि दिन सक्छ ।
नियमित यौन सम्बन्धका फाइदाहरू
• मुटुको स्वास्थ्य राम्रो बनाउँछ
यौन सम्पर्कका क्रममा शरीर सक्रिय हुने भएकाले मुटुको धड्कन बढ्छ । केही अध्ययनहरूले यौन गतिविधिलाई हल्का व्यायामसरह लाभदायक मानेका छन्। यसले रक्तसञ्चार सुधार्न र मुटुलाई सक्रिय राख्न मद्दत पुर्याउन सक्छ ।
• तनाव घटाउन सहयोग गर्छ
विशेषज्ञहरूका अनुसार यौन सम्पर्क वा हस्तमैथुनले शरीरमा ‘फिल गुड’ हर्मोन सक्रिय बनाउँछ, जसले तनाव कम गर्न सहयोग पुर्याउँछ। मानसिक दबाब कम हुँदा मानिस बढी शान्त र रिल्याक्स महसुस गर्न सक्छ ।
• स्वास्थ्य र सक्रियता बढाउँछ
अनुसन्धानहरूले सक्रिय यौन जीवन भएका व्यक्तिहरू उमेर बढ्दै जाँदा पनि तुलनात्मक रूपमा बढी सक्रिय र स्वस्थ रहने देखाएका छन्। यसले शरीरमा ऊर्जा र सकारात्मकता कायम राख्न भूमिका खेल्न सक्छ ।
• स्मरण शक्ति र सोच्ने क्षमता सुधार्न सक्छ
केही अध्ययनहरूका अनुसार नियमित यौन जीवन भएका व्यक्तिहरूले स्मरण शक्ति तथा मानसिक परीक्षणमा राम्रो प्रदर्शन गरेका छन्। यसले मस्तिष्कलाई सक्रिय राख्न मद्दत पुग्ने अनुमान गरिएको छ ।
• रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन सक्छ
अनुसन्धानहरूमा नियमित यौन सम्पर्क राख्ने व्यक्तिहरूमा केही एन्टिबडीको मात्रा बढी देखिएको उल्लेख छ। यसले शरीरको रोगसँग लड्ने क्षमता सुधार्न सहयोग पुग्न सक्ने विश्वास गरिएको छ ।
विशेषज्ञहरू भन्छन्, स्वस्थ, सुरक्षित र सहमतिमा आधारित यौन सम्बन्धले दाम्पत्य जीवनलाई मात्र होइन, मानसिक र शारीरिक स्वास्थ्यलाई समेत सकारात्मक दिशा दिन सक्छ । एजेन्सीकाे सहयाेगमा







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र