भोजपुर । भोजपुरका चार विद्यालयमा विद्यार्थीहरुका लागि मुटु रोग परीक्षण शिविर आयोजना गरिएको छ । उक्त शिविरमा भोजपुर नगरपालिका भित्रका ४३ विद्यालयका विद्यार्थीहरुको मुटुको अवस्था परीक्षण गरिएको हो ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान केन्द्रीय कार्यालय काठमाडौँको सहयोग र नेपाल हृदयरोग निवारण प्रतिष्ठान भोजपुर शाखाको आयोजनामा सोमवार विद्योदय मावि भोजपुर, सिद्धेश्वर मावि दाँवा, कालिका मावि हेलौछा र भामराङमा शिविर सञ्चालन भएको थियो ।
शिविर सञ्चालनका संयोजक चक्रबहादुर कार्कीले भोजपुर नगरपालिका भित्रका सामुदायिक र संस्थागत गरी ४३ विद्यालयका करिव चार हजार दुई सय विद्यार्थीहरुको मुटुको अवस्था परीक्षण गरिएको जानकारी दिनुभयो ।
शिविरमा नेपालका वरिष्ठ मुटुरोग विशेषज्ञहरूको टोलीले सेवा प्रदान गरेको थियो । टोलीमा वरिष्ठ कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा। प्रकाशराज रेग्मीको नेतृत्व थियो । शिविरमा उहाँ सहित डा. सत्यनारायण सुवाल, सर्जन डा प्रेमराज वैद्य, हृदय रोग विशेषज्ञ डा राजेन्द्र कोजु, कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा.अच्युतानन्द लाल कणर्, कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा। डेनिस श्रेष्ठ लगायत विशेषज्ञ चिकित्सकले विद्यार्थीको मुटुको अवस्था परीक्षण गरेको छ ।
पहिलो चरणमा भोजपुर नगरपालिका भित्रका १२ वडा वडामा रहेका विद्यालयका विद्यार्थीहरुलाई समेटेर शिविरको आयोजना भएको हो । नेपाल हृदयरोग निवारण प्रतिष्ठानले दुर्गम क्षेत्रका विद्यार्थीहरुलाई ध्यानमा राखेर यस्ता शिविरहरु सञ्चालन गर्दै आई रहेको वरिष्ठ कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा. प्रकाशराज रेग्मीले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म सञ्चालित शिविर अभियानहरुबाट चार लाख बढीको मुटुको अवस्था परीक्षण गरि सकिएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र