सर्लाही । सर्लाहीको रामनगर गाउँपालिका-५ बैजनाथ चौकस्थित बरहथवा-मधुबनी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
मंगलबार राति करिब ८ बजे बरहथवाबाट गडहिया तर्फ आउँदै गरेको ज ७ प २६१३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय गडहियाले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक भारतको सितामढी जिल्ला ग्राम पंचायत ढेग निवासी अन्दाजी ३५ वर्षीय गौरव पटेल गम्भीर घाइते भएका थिए । उनको टाउको, अनुहार तथा कानबाट रगत बगेको अवस्थामा उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो ।
अस्पतालमा उपचारकै क्रममा रातिनै चिकित्सकले उनलाई मृत घोषणा गरेकाे प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल पछाडि सवार सोही ठाउँ निवासी बाबु साहेब पटेलका २३ वर्षीय छोरा उज्वल पटेल घाइते भएका छन् । उनको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई भारतको सितामढीतर्फ पठाइएको थियो ।
प्रहरीकाअनुसार उज्वल पटेललाई सितामढीस्थित बैजनाथ नर्सिङ होमको आईसीयूमा राखेर उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको जानकारी प्राप्त भएको छ ।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय गडहियाबाट प्रहरी निरीक्षक कैलाश चौधरीको कमाण्डमा टोली खटिएको थियो । दुर्घटनामा परेको मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ ।





निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…